५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप



अ+ अ-

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् ।

जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको हो ।

यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो ।