११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुवावेमाथि अमेरिकाले लगाएको प्रतिबन्ध ९० दिनका लागि स्थगित



अ+ अ-

काठमाडौं । चिनियाँ टेलिकम कम्पनी हुवावेमाथि अमेरिकाले लगाएको प्रतिबन्ध ९० दिनका लागि स्थगित भएको छ । अमेरिकाका वाणिज्य सचिवले सोमबार यस्तो घोषणा गरेका हुन् ।

वाणिज्य सचिव विल्बर रोसका अनुसार हुवावेमाथिको प्रतिबन्ध आगामी नोभेम्बर १९ सम्मका लागि स्थगित गरिएको हो ।

फक्स बिजनेस नेटवर्कसँग सचिव रोसले भनेका छन्, ‘अमेरिकी दूरसञ्चार कम्पनीहरुका लागि एकपटक पुनः ९० दिनको समय छ । केही ग्रामीण कम्पनीहरु हुवावेमा निर्भर छन् । हामी ती कम्पनीहरुलाई हुवावेबाट अलग हुनका लागि केही धेरै समय दिँदैछौँ ।’

यसले तत्काल हुवावेका मोबाइल फोन प्रयोगकर्ताले पनि समस्या व्यहोर्नु पर्नेछैन ।अब अमेरिकी सरकारले हुवावेलाई अस्थायी लाइसेन्स दिनेछ जसबाट उसले अमेरिकी कम्पनी कम्पनीहरुसँग कारोबार जारी राख्न सक्नेछ ।