१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस्

वरिष्ठ पादरी यौन दुव्र्यवहारको घटनामा दोषी ठहर, ६ वर्षको जेल सजाय

वरिष्ठ पादरी यौन दुव्र्यवहारको घटनामा दोषी ठहर, ६ वर्षको जेल सजाय
अ अ+ अ-

काठमाडौं । क्याथोलिक चर्चका एक वरिष्ठ पादरी कार्डिनल जर्ज पेललाई अदालतले यौन दुव्र्यवहारको घटनामा दोषी ठहर गरेको छ । अष्ट्रेलियाको अदालतले उनलाई यौन दुव्र्यवहारको घटनामा दोषी ठहर गराई ६ वर्षको जेल सजाय तोकेको थियो ।

त्यस विरुद्ध दिएको अपिलमा पनि अदालतले पेलको विपक्षमा निर्णय गरेको हो । पेलले आफूमाथि लगाइएका आरोप झुट भएको भन्दै आफ्नो सम्मान कायमै राख्न उच्च अदालतमा गरेको अपिलमा पनि दोषी ठहरिएका हुन् । उनले सन् १९९० को दशकमा अष्ट्रेलियाको मेलबर्नमा रहेको मुख्य गिर्जाघरमा दुई बालकमाथि यौन दुव्र्यवहार गरेकोमा अदालतले दोषी ठहर गरेको थियो ।

गएको वर्षको डिसेम्बरमा जुरीले सर्वसम्मत रुपमा १३ वर्षका बालकलाई सेन्ट प्याट्रिक गिर्जाघरमा यौन दुव्र्यवहार गरेको तथा अर्कोपटक अर्का एक बालकलाई त्यस्तै व्यवहार गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको थियो । पेलले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।