१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस्

अत्याधुनिक शव परीक्षण गृह निर्माण

अत्याधुनिक शव परीक्षण गृह निर्माण
अ अ+ अ-

परासी । पश्चिम नवलपरासीस्थित जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा अत्याधुनिक सुविधा सम्पन्न शव परीक्षण गृह निर्माण भएको छ ।नवनिर्मित शवगृहमा शव परीक्षण गर्ने र शव राख्ने छुट्टाछुट्टै कोठा रहेका छन् भने शव नगनाउने फ्रिजको व्यवस्था गरिएको छ । यसैगरी आधुनिक प्रविधिसमेत जडान गरिएकाले अब छिटोछरितो शव परीक्षण गर्न सकिने व्यवस्था मिलाइएको अस्पतालका प्रबन्धक सुरेन्द्र अधिकारीले जानकारी दिए ।

प्रदेश नं ५ स्थित सामाजिक विकास मन्त्रालयको रु ५० लाखको लागतमा बनेको उक्त शवगृहमा एकपटकमा छ वटासम्म शव चिसो बनाएर राख्न सक्ने क्षमता रहेको छ । अस्पतालमा रहेको पुरानो शवगृह सडकको छेउमा र सुविधायुक्त नभएका कारण दुर्गन्ध फैलिएर नागरिकले सास्ती पाउँदै आएका थिए । राससमा यस विषयमा पटकपटक समाचार प्रवाह भएपछि अस्पतालले प्रदेश सरकारसँग समन्वय गरी शवगृह निर्माण गरेको हो ।

शवगृह निर्माणसँगै सडक छेउमा रहेको पुरानो शवगृहलाई भत्काइने छ भने अब नयाँ शवगृहको प्रयोगबाट वातावरणसमेत स्वच्छ रहने अपेक्षा गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिवशङ्कर रायले बताए । अब शवपरीक्षण गर्न र धेरै दिन राख्नुपर्ने भएमा पनि सहज हुने उनले बताए ।

अस्पतालको उत्तरपूर्वमा रहेको खाली जग्गामा निर्माण गरिएको उक्त शवगृहको आज प्रदेश नं। ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गर्दै प्रदेश सरकारले अस्पतालका श्ययाभन्दा पनि सुविधा र सेवा विस्तारमा केन्द्रित रहेको बताए ।

“प्रदेशभित्र रहेका धेरै अस्पताल पुराना छन्, तर त्यहाँ आवश्यक प्रविधि, सेवा सुविधाको अभावमा बिरामीले प्रभावकारी उपचार सेवा पाउन नसकेको अवस्था देखिएपछि हामीले सेवा विस्तारलाई बढी जोड दिएका हौँ ।” उनले भने।