१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस्

११ उद्योग कारवाहीमा

११ उद्योग कारवाहीमा
अ अ+ अ-

हेटौँडा । तोकिएको समयमा नापतौल यन्त्र जाँच र नवीकरण नगराउने पर्सा जिल्लाका ११ उद्योगलाई कारवाही गरिएको छ । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका प्रमुख शशिभूषण यादवको नेतृत्वमा खटिएको टोलीले छड्के गर्दा ती उद्योगले लामो समयदेखि नापतौल यन्त्र कानूनी प्रक्रिया पूरा नगरी अवैधरुपमा प्रयोग गरेको पाइएकाले कारवाही गरिएको हो ।

कारवाहीमा परेका उद्योगहरुमा जगदम्बा डिस्ट्रिब्युटर्स प्रालि वीरगञ्ज, मारुती रबर इन्डस्ट्रिज प्रालि, मोहित एग्रो इन्डस्ट्रिज प्रालि, ओम खाद्य उद्योग प्रालि, न्यू ओम खाद्य उद्योग, गङ्गा खाद्य उद्योग, शिवम् एग्रो इन्डस्ट्रिज प्रालि र दीपेश खाद्य उद्योग रहेका छन् । शिवम् एग्रो इन्डस्ट्रिजको चामलको २० र २५ किलोग्रामको बोरामा तोकिएकोभन्दा तौल कम पाइएकाले कारवाही गरिएको जनाइएको छ ।

यसैगरी अन्य उद्योगहरुलाई नापतौल ऐन २०२५ अनुसार कसुरबमोजिम कारवाही गरिने गरिने भएको छ । यसअघि हेटौँडामा रहेको शिवम् फ्युल सेन्टर र एसियन पेन्ट्स उद्योगलाई कारवाही गरिएको थियो । लामो समयदेखि उद्योग र व्यावसायिक प्रतिष्ठानको नापतौल यन्त्रको अनुगमन नहुँदा उपभोक्ता गठिदैँ आएको व्यापक गुनासो आएपछि छड्के जाँच तथा अनुगमन शुरु गरिएको कार्यालय प्रमुख यादवको भनाइ थियो ।

केही महीनायता बारा, पर्सा र मकवानपुरमा सञ्चालित पेट्रोल पम्पहरुमा गरिएको अनुगमनमा कैफियत देखिएका एक दर्जन पम्प व्यवसायीलाई कारवाही गरिएको थियो । हाल उद्योग र व्यवसाय बढ्दै गएका तर अनुगमन सुस्त हुँदा उपभोक्ता ठगिने गरेका हेटौँडा–४ का रामप्रसाद भट्टराईले बताए ।