२१ भाद्र २०८३, आईतवार
,
Latest
तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना प्युठानको काईया राष्ट्रिय वनमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, पार्टी एकतामा जोड नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यु–१५ः भारतसँग नेपाल फराकिलो गोल अन्तरले पराजित



अ+ अ-

काठमाडौं । साफ यु–१५ च्याम्पियनसिपको पहिलो खेलमा नेपालमाथि भारतले फराकिलो जित निकालेको छ।

कोलकाताको कल्याणीमा भएको खेलमा नेपाललाई भारतले ५–० गोलले पराजित गरेको हो। भातका लागि महेसन, शुभ पाउल,अनिश मजुम्दार,टाइसन सिंह र सिद्धार्थले समान एक एक गोल गरे ।

खेलको पाँचौ मिनेटमा महेसनले गोल गरेर भारतलाई सुरुवाती अग्रता दिलाए। २४ मिनेटमा महेसनको पासमा पाउलले भारतको अग्रता दोब्बर पारे। ४३ मिनेटमा भारतीय कप्तान अनिश मजुम्दारले टिमका लागि तेस्रो गोल गर्दै अग्रता ३–० बनाए ।

पहिलो हाफ ३–० ले पछाडी परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खायो ।खेलको ४९ औं मिनेटमा टाइसन सिंहले चौथो गोल गरे । सिद्धार्थले ५६ मिनेटमा गोल गर्दा नेपाल ५–० ले पछाडी पर्‍यो ।

अब नेपालले शुक्रबार श्रीलंकासँग खेल्नेछ। यस्तै नेपालले बंगलादेशसँग अगस्ट २७ र भुटानसँग अगस्ट २९ सँग प्रतिस्पर्धा गर्नेछ।समूहका शीर्ष २ टिमबीच आगामी अगस्ट ३१ उपाधिका लागि भिडन्त हुनेछ।