११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारू सम्मेलनमा नेकपाको असहमति



अ+ अ-

भजनी । यही भदौ ७, ८ र ९ गते हुने थरूहट÷थारूवान् राष्ट्रिय सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भ्रातृ सङ्गठनले असहमति जनाएका छन् । नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ सङ्गठन थारू राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारू सङ्घ जिल्ला समिति कैलालीले पत्रकार सम्मेलन गरी कार्यक्रममा सहभागी नहुने बताएका छन् ।

उनीहरूले भदौ ७, ८ र ९ गते हुने थरूहट/थारूवान् राष्ट्रिय सम्मेलनको कार्यक्रमप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै राजनीतिक उद्देश्य र आधिकारिक संस्थागत आयोजक नभएका कारण आफूहरूको संलग्नता नरहने प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । थारू राष्ट्रिय मुक्ति मोर्चा जिल्ला समितिका सचिव प्रेमबहादुर डङ्गौराले थारूवान् र थरूहट सम्मेलन सबै थारूहरूलाई एकताबद्ध गर्नुभन्दा पनि विखण्डनतिर लिने गरी कार्यक्रमको आयोजना भएको भन्दै नेतृत्वविहीन, उद्देश्यविहीन कार्यक्रममा आफूहरूको सहभागिता नरहने बताए ।

उनले २०७२ भदौ ७ गतेको घटनामा मुछिएका व्यक्तिको नाम बेचेर राजनीतिक फाइदा लिन खोजेको पनि बताए । त्यस्तै, फिरुलाल चौधरीले थारूहरूको हक, हितका लागि बनेको थारू कल्याणकारिणीको समेत सहभागिता नरहेको उक्त सम्मेलनको कुनै तुक नरहेको बताउँदै आयोजक समितिमा मनोगत रुपमा केही व्यक्तिको नाम समावेश गरेकोमा आपत्ति जनाए । थारूहरूको राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भइसकेको र यो सम्मेलन नामको मात्र सम्मेलन हुने उनले बताए ।

थरूहट÷थारूवान् राष्ट्रिय सम्मेलन आयोजक समितिले यही भदौ ७, ८ र ९ गते हुने राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । आज पत्रकार सम्मेलनमार्फत सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै समितिले सम्मेलनलाई कुनै राजनीतिकरुपमा नलिन सबैमा आग्रह गरेको छ । थरूहट/थारूवान् राष्ट्रिय सम्मेलन केन्द्रीय तयारी समितिका संयोजक मीनराज चौधरीले राज्यबाट सधैँ दमन र शोषणमा परेको थारू समुदायले राखेका जायज मुद्दामा सहमति भए पनि कार्यान्वयन नभएको उल्लेख गर्दै सम्पूर्ण थारू समुदायलाई सम्मेलन सफल पार्नका लागि सहयोग गर्न आग्रह गरेको छ ।

उनले विसं २०७२ भदौ ७ र ८ गतेको घटनामा बिग्रिएको सामाजिक सद्भावलाई मजबुद बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउँदै राजनीतिक विचारधाराबाट यो सम्मेलन आयोजना नगरिएको स्पष्ट पारे । त्यस्तै, थरूहट/थारूवान् राष्ट्रिय सम्मेलनका लक्ष्मण थारूले नेपालका २५ जिल्लाबाट थारू प्रतिनिधिको सहभागिता रहने सम्मेलनलाई टीकापुरको सद्भाव बिगार्न जमघट नहुने बताउँदै सद्भाव कायमका लागि सम्मेलनको आयोजना गरिएको बताए ।

उनले संस्थागत तथा राजनीतिक प्रतिनिधित्वको रुपमा सहभागी हुनुभन्दा पनि थारूहरूको हक, हितका लागि सम्मेलनमा सहभागी हुन आग्रह गरे । समितिले कार्यक्रमको कार्यतालिकासमेत सार्वजनिक गरेको छ । यही भदौ ५ गते बृहत् सरसफाइ कार्यक्रम, ६ गते रक्तदान कार्यक्रम, ७ गते सम्मेलन उद्घाटन समारोह, ८ गते बन्दसत्र र ९ गते घोषणासभा सार्वजनिक गर्दै सम्मेलन सम्पन्न हुने जनाएको छ ।