• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

करेन्ट लागेर एकजना मजदुरको मृत्यु



बेनी । जलजला गाउँपालिका–३ वारीबेनीमा बुधबार दिउँसो करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ।

केन्द्रीय प्रशारण लाइनको तारमा छोइएर करेन्ट लाग्दा म्याग्दीको धवलागिरी गाउँपालिका–३ का २२ वर्षीय कुमार सुनारको मृत्यु भएको वारीबेनी प्रहरी चौकीले जनाएको छ।

घर निर्माणका क्रममा फलामको पोल ठडाउने क्रममा हाइटेन्सन लाइनमा छुन पुग्दा करेन्ट लागेको प्रहरी सहायक निरीक्षक ध्रुवबहादुर बोहोराले बताए । घटनास्थलबाट बेनी अस्पताल पुर्‍याउँदा सुनारलाई चिकित्सकले मृत घोषणा गरेका थिए।