५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको दोस्रो लामो ‘जिप लाइन’ धनकुटाको भेडेटारमा बन्ने



अ+ अ-

धनकुटा । प्रदेश नम्बर १ को पर्यटकीय नगरी धनकुटाको भेडेटारमा प्रदेश एक कै पहिलो जीप लाइन बन्ने भएको छ । स्थानीय युवा उद्यमी आशिष राई र किरण राईको करिब तीन करोड रुपैयाँको लगानीमा लगभग एक हजार पाँच सय ५ सय मिटर लामो जीप लाइन बन्न लागेको हो ।भिरालो क्षेत्रमा तारमा घिर्नीजस्तै झर्ने खेललाई जीप लाइन भनिन्छ ।

जीप लाइन ‘लन्च प्याड’ साँगुरी गढी गाँउपालिका वडा नम्बर ६ खर्क डाँडाबाट हुने र सोही वडाकै कार्किछापमा ‘ल्यान्डिङ स्टेशन’ हुने छ । यहाँको भूगोल उपयुक्त भएकाले निर्माण गर्न कुनै समस्या नरहेको डिपिआर तयार गर्ने कन्सल्टेन्सी संस्था हार्मोन कन्सल्टेन्सीका इन्जीनियर संखर श्रेष्ठले जानकारी दिए ।

यो निर्माण भएपछि दक्षिण एसियाको तेस्रो तथा नेपालको दोस्रो लामो ‘जिप लाइन’ बन्ने छ ।दक्षिण एसियाको सबैभन्दा अग्लो ‘जिप लाइन’ पोखराको सराङकोटदेखी हेम्जा सम्मको एक हजार ८ सय ६० मिटर लामो छ । यस्तै भारतीय मिडियाका अनुसार दक्षिण भारतीय राज्य केरेलामा रहेको कोलुकुमलाई नामक ‘जीप लाइन’ को लम्बाइ एक हजार ८ सय मिटर रहेको छ ।

भेडेटारमा बन्न लागेको यो ‘जीप लाइन’ नेपाल पर्यटन वर्ष २०२० को सुरुवातसँगै सञ्चालन हुने गरी निर्माण शुरु गरिएको व्यवसायी आशिष राइले जानकारी दिए । पोखराबाहेक धुलिखेलमा रहेको एक हजार ३ सय मिटर लामो ‘जीप लाइन’ व्यवसायिक रुपमा सञ्चालनमा छ ।