५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

विभाग सम्हाल्दै नेकपा नेता

विभाग सम्हाल्दै नेकपा नेता
अ+ अ-

काठमाडौं । नेकपा नेताले जिम्मेवारीअनुसार केन्द्रीय विभागको नेतृत्व सम्हाल्न थालेका छन्। संगठन, स्कुल, निर्वाचनलगायत विभागका प्रमुख र उपप्रमुखले छलफल चलाएर कामको थालनी गरेका हुन्। स्कुल विभागका प्रमुख, उपप्रमुखले शनिबार पदभार ग्रहणसमेत गरेका छन्।

विभागको जिम्मेवारी पाएका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, उपप्रमुख देवेन्द्र पौडेल, वेदुराम भुसालले पदभार ग्रहण गरेका हुन्। ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा कार्यक्रम आयोजना गरिएको थियो। ‘पार्टीको आधिकारिक वैचारिक लाइनमा केन्द्रित रहेर अब स्कुल विभागले नेता÷कार्यकर्तालाई प्रशिक्षण दिनेछ’, पोखरेलले भने। पूर्वएमालेको स्कुल विभागको नेतृत्वमा प्रधानमन्त्री केपी ओली र उपप्रमुखमा शंकर पोखरेल थिए। पूर्वमाओवादीतर्फ स्कुल प्रमुखमा नारायणकाजी श्रेष्ठ थिए। यो विभागले अल्पकालीन र दीर्घकालीन योजना बनाई पार्टी स्कुल सञ्चालन गर्ने तयारी थालेको छ।

संगठन विभागलाई पनि कसरी अगाडि बढ्ने भनेर दुई नेताबीच छलफल प्रारम्भ भएको छ। ‘प्रत्येक पार्टी सदस्यलाई जनताको घर–घरमा स्थापित गर्ने गरी हामी कार्यक्रम तय गर्छौं’, विभाग प्रमुख वामदेव गौतमले भने, ‘कम्युनिस्ट पार्टीका सदस्य अन्यभन्दा फरक छन् भन्ने देखाउने गरी काम गर्नुपर्नेछ। त्यसको तयारीमा हामी छौं।’

नेकपामा ३२ विभाग, एउटा प्रतिष्ठान छन्। विभागमा पदाधिकारीसहित बढीमा ३५ जनाको कमिटी रहने नियमावलीमा उल्लेख छ। प्रमुख र उपप्रमुखले आआफ्नो विभागको पूर्णताका लागि गृहकार्य गर्नेछन्। त्यसपछि कार्ययोजना बनाई अगाडि बढ्ने उनीहरूको तयारी देखिएको छ।

नेकपाको केन्द्रीय कार्यालय सचिव पनि फेरिएका छन्। श्रीरमा ढकाल ‘प्रशान्त’ र ईश्वरी रिजाललाई कार्यालय सचिव तोकिएको छ। उनीहरूले ३२ साउनदेखि कार्यभार सम्हालेका हुन्। पार्टी कार्यालय धुम्बाराहीमा महासचिव विष्णु पौडेलको उपस्थितिमा उनीहरूले कार्यभार सम्हालेका थिए। एमालेतर्फका तत्कालीन कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ कोष तथा आर्थिक व्यवस्थापन विभागको उपप्रमुख चयन भएका छन्। माओवादीतर्फका कार्यालय सचिव प्रह्लाद बुढाथोकीलाई केन्द्रीय सम्पर्क समन्वय कमिटी अध्यक्षको जिम्मेवारी दिइएको छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।