५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

हुम्लाकी महिला विमानको भरमा, विमान नआए बन्दैन नगद, बल्दैन चुलो

हुम्लाकी महिला विमानको भरमा, विमान नआए बन्दैन नगद, बल्दैन चुलो
अ+ अ-

हुम्ला । सिमकोट गाउँपालिका–६ की ४० वर्षीया हसकला सुनार बिहानै घरबाट निस्किन्छिन् । विमानस्थल नपुगुन्जेल भारी नपाइएला कि भन्ने चिन्ताले उनलाई सताइरहन्छ । मौसम खराब भएर विमान नआएको दिन उनी निराश हुन्छिन् र रित्तो हात घर फर्किन्छिन् । ‘भारी बोक्न नपाए बिहान–बेलुका हातमुख जोर्नै मुस्किल हुन्छ,’ उनले भनिन्, ‘यही हवाईजहाजको आस गरेर हाम्रो छाक टर्छ ।’

जहाजले खाद्य संस्थानको चामल, साल्ट ट्रेडिङको नुन र स्थानीय व्यापारीको सामान ल्याउँछ । यही सामान बजार पुर्‍याएर गुजारा चलाउँछिन् हसकला । उनीजस्तै भारी बोकेर परिवार धान्ने सिमकोटमा धेरै छन् । तीमध्ये सबैजसो महिला छन् । आर्थिक अवस्था कमजोर भएका ३३ महिला र तीनजना पुरुषले यही पेसा गरिरहेका छन् । उनीहरूले बजारसम्म सामान बोकेर पुर्‍याएको ५० देखि दुई सय रुपैयाँसम्म पाउँछन् ।

हावाहुरी आएको र बादल लागेको दिन भारी नपाएर चुलोमा आगो नबल्ने सिमकोट–४ की काली बोहरा बताउँछिन् । उनी चार वर्षदेखि भारी बोकिरहेकी छिन् । पति बितिसकेकाले चारजनाको परिवार धान्ने जिम्मा उनको थाप्लोमा छ । आफ्नो बारीमा फल्ने अन्नले तीन महिना पनि नपुग्ने उनले बताइन् । ‘सुखदुःखको के कुरा गर्नु १’ काली भन्छिन्, ‘काम नगरी माम नपाइने रहेछ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म पिठ्युँमा भारी हुन्छ । त्यो नभए चुलामा आगो बल्दैन ।’

हिराकली सुनार ४५ वर्ष पुगिन् । उनी पनि २५ वर्षदेखि भारी नै बोकिरहेकी छिन् । साहुले ज्याला जति दिए पनि लिनैपर्ने अवस्था रहेको उनको भनाइ छ । संविधानको धारा ३४ को उपधारा ९२० मा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ । तर, यी हुम्ली श्रमिकका लागि यो हकको कार्यान्वयन हुन सकेको छैन ।

भारी बोक्न पनि महिलाबीच प्रतिस्पर्धा
हरेक दिन हवाईजहाज आउँछ कि आउँदैन भनेर कान ठाडो पारेर बस्ने, आवाज सुन्नेबित्तिकै दौडेर तँछाडमछाड गर्दै विमानस्थलको गेटमा पुग्ने, जहाजले ल्याएको सामान बोकेर व्यापारीका पसल–पसलमा पुर्‍याउने अनि दुई–चार पैसा लिएर पेट पाल्ने । उनीहरूको दैनिकी यही नै हो ।

सिमकोट गाउँपालिका–८ डाँडाफयाकी ५१ वर्षीया बाँचु नेपालीको आधा जीवन यसरी नै भारी बोकेर बितिसक्यो । गाउँमा गरी खाने जमिन छैन । अर्थोपार्जनको अरू कुनै उपाय छैन । त्यसैले उनले ११ वर्षदेखि सिमकोट विमानस्थलमा भारी बोकिरहेकी छिन् । ‘छाक टार्ने अरू उपाय छैन,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ विमानस्थलमा भारी बोक्न तँछाडमछाड पर्छ । रिसखिस्सी हुन्छ । कसैले सामान पाउँछन्, कसैले पाउन्नन् । अनि दिदी–बहिनीबीच झगडा पर्छ । त्यस्तो वेला साह्रै नमीठो लाग्छ ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।