५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

माग करोड टन, उत्पादन क्षमता डेढ करोड टन

माग करोड टन, उत्पादन क्षमता डेढ करोड टन
अ+ अ-

काठमाडौं । पछिल्लो समय नेपालको औद्योगिक क्षेत्रमा सबैभन्दा बढी लगानीमा रुची देखाइएको क्षेत्र सिमेन्ट उद्योग हो। स्वदेशीमात्र होइन विदेशी लगानीकर्ता पनि सिमेन्टमा लगानी गर्न उत्साहित छन्।

सधैं विदेशी लगानीको वकालत गर्ने निजी क्षेत्रले केही समयदेखि अब सिमेन्टमा विदेशी लगानी नचाहिने बताइरहेको छ। सम्भवतः यो मात्र एउटा क्षेत्र हो जहाँ निजी क्षेत्रले विदेशी लगानी चाहिँदैन भनिरहेको छ।

यथार्थ के हो रु हामीलाई चाहिने सिमेन्ट उत्पादन भइसक्यो रु वा प्रतिफल राम्रो भएकाले विदेशी लगानी नचाहिने भनिएको हो ? सिमेन्ट व्यवसायीहरुको छाता संगठन सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाको धारणा यस्तो छ, ‘अब सिमेन्ट उद्योगमा थप विदेशी लगानी आए अहिलेका उद्योग धराशयी हुन्छन्।’ किन ? उनी भन्छन्, ‘बजारको मागभन्दा धेरै उत्पादन भइसक्यो। अहिलेका उद्योगको क्षमता मागभन्दा ५० प्रतिशत बढी छ। अब नयाँ लगानी थपिनु भनेको अहिले गरेको लगानी डुबाउनु हो।’
अहिले यहाँका सिमेन्ट उद्योगको क्षमता बजार मागभन्दा ५० लाख टन धेरै छ। संघका अनुसार बजारमा सिमेन्टको माग वार्षिक एक करोड टन छ। यहाँ खुलेका उद्योगको उत्पादन क्षमता एक करोड ५० लाख टन पुगेको छ। आगामी दुई वर्षमा सिमेन्ट उत्पादन क्षमता दुई करोड ५० लाख पुग्छ भने माग एक करोड २५ लाख टन मात्र। ‘यही कारण थप लगानी आवश्यक छैन भनिएको हो,’ थापाले भने।

संघका अनुसार अहिले मुलुकमा ६१ सिमेन्ट उद्योग छन्। ती मध्ये ४० ग्रान्डिङ र २१ वटा एकीकृत उद्योग छन्। चिनियाँ लगानीको होङसी शिवम् सिमेन्टले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्छ। अर्घाखाँची सिमेन्टमा पनि विदेशी लगानी छ। अफ्रिकी कम्पनी डाङ्गोटेले सिमेन्ट उद्योग सञ्चालन गर्न चुनढुंगा खानी खोजिरहेको छ। अन्य सिमेन्ट उद्योगमा पनि भारतीय लगानी छ। अहिले चिनियाँ लगानीमा दैनिक तीन हजार टन क्षमताको हुवासिन सिमेन्ट उद्योग धादिङमा निर्माणाधीन छ। उक्त उद्योगमा करिब १४ अर्ब रुपैयाँ लगानी छ। यी तथ्यले सिमेन्टमा विदेशी लगानी आकर्षित भएको देखिन्छ।

सिमेन्टमा मुलुक आत्मनिर्भर भएपछि सरकारले विदेश निर्यात गर्न प्रोत्साहित गरिरहेको र निर्यातकै सम्भावना हेरेर नेपालको सिमेन्टमा लगानी गर्न विदेशीले चासो दिइरहेको बेला स्वदेशी उद्योगीले विदेशी लगानी आवश्यक नरहेको बताइरहेका छन्। विदेशी लगानी रोक्न लबिङ सुरु गरेका छन्। आवश्यकभन्दा धेरै उत्पादन हुन थालेपछि उद्योगीले यस्तो आग्रह गरेका छन्।

संघका अनुसार केही उद्योग निर्माणाधीन भएकाले अबको दुई वर्षमा सिमेन्टको उत्पादन क्षमता दुई करोड ५० लाख टन पुग्छ। सिमेन्टमात्र नभएर क्लिंकरको बजार माग एक करोड टन र उत्पादन क्षमता दुई करोड पुग्ने थापाले बताए। ‘सिमेन्ट र क्लिंकर उत्पादनमा सक्षम भएका छौं,’ उनले भने, ‘विदेशी लगानी ल्याउने हो भने अन्य क्षेत्रमा ल्याउँदा हुन्छ।’

संघका अनुसार सिमेन्ट उद्योगमा दुई सय अर्ब रुपैयाँ लगानी पुगेको छ भने वार्षिक डेढ सय अर्ब रुपैयाँको कारोबार हुन्छ। केही नयाँ उद्योग पनि पाइपलाइनमा रहेको संघले जनाएको छ। सिमेन्ट उद्योगमा खर्बौं लगानी रहेकाले उद्योगको संरक्षण गर्नु सरकारको दायित्व भएको संघका महासचिव ताराप्रसाद पोखरेलले बताए। अहिले कै उत्पादनले बजार नपाएको पोखरेल बताउँछन्।

‘सिमेन्ट खपत कम भएपछि क्षमता अनुसार उद्योग सञ्चालन भएका छैनन्,’ पोखरेलले भने, ‘अब सिमेन्ट उद्योगमा विदेशी लगानी आवश्यक छैन।’ अहिलेको बजारले नयाँ उद्योग आए धान्न नसक्ने बताए। स्वदेशमा पर्याप्त सिमेन्ट उत्पादन भएकाले नयाँ उद्योग आवश्यक नरहेको उनको धारणा छ।

कतिपय विदेशी कम्पनीले स्वदेशका बैंकबाट नै ऋण लिएर उद्योग सञ्चालन गरेको उद्योगी बताउँछन्। ‘विदेशी लगानी भन्ने स्वदेशी बैंकबाट ऋण लिएर लगानी गरेको पनि देखियो,’ संघका महासचिव पोखरेलले भने, ‘स्वदेशी बैंकले लगानी विदेशीले नाफा लैजाने काम भयो।’ अहिले नै सिमेन्ट कहाँ खपत गर्ने भन्ने चिन्ता रहेको उद्योगी बताउँछन्। ‘बजार नै छैन भने उत्पादन गरेर मात्र के गर्नु,’ उनले भने।

यहाँको उत्पादन बजारले नथेग्ने भएपछि सरकारले चालु आर्थिक वर्ष ०७६/७७ को बजेटमा सिमेन्टलाई निर्यातजन्य उद्योगको रुपमा राखेको छ। निर्यातजन्य उद्योगको रुपमा राखे पनि निर्यात गर्न उत्पादन लागत घटाउनुपर्छ। अहिले नेपालको सिमेन्ट दक्षिण एसियामा नै महँगो छ।

विदेश निर्यात गर्न सरकारले उत्पादन लागत घटाउनुपर्ने उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका बताउँछन्। ‘हामीले निर्यात गर्ने भारत हो,’ मुरारकाले भनेका छन्, ‘निर्यातजन्य उद्योग घोषणा गरेरमात्र पुग्दैन विदेशी उत्पादनसँग प्रतिस्पर्धी बनाउन सक्नुपर्छ।’ अर्घाखाँची सिमेन्टका सञ्चालक मुरारकाले सरकारकै संरक्षणले सिमेन्ट उद्योग फस्टाएकाले संरक्षण गर्ने दायित्व पनि सरकारको भएको बताए। ‘स्वदेशी बजारसहित विदेश निर्यात गर्न सक्ने प्रचूर सम्भावना भएकाले सबै आकर्षित भएका हुन्,’ उनले भने।

सिमेन्ट उद्योगका संख्या बढेपछि प्रतिस्पर्धा पनि बढेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले भने स्वदेशी सिमेन्ट उद्योगले गुणस्तर बढाउनुपर्ने जनाएको छ। विभाग महानिर्देशक विश्वबाबु पुडासैनीले प्रतिस्पर्धी बजारमा गुणस्तर महत्वपूर्ण भएको बताए। ‘केही उद्योगको उत्पादन गुणस्तरहीन भेटिएपछि कारबाही प्रक्रिया पनि अघि बढाएका छौं,’ पुडासैनीले भने, ‘पर्याप्त उत्पादन भएकाले गुणस्तरमा ध्यान दिनुपर्छ।’, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।