५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

शिक्षक छनोटमा कडाइ, दुई चरणमा परीक्षा दिनुपर्ने

शिक्षक छनोटमा कडाइ, दुई चरणमा परीक्षा दिनुपर्ने
अ+ अ-

काठमाडौं । सरकारले सामुदायिक विद्यालयको शिक्षक छनोट प्रक्रियामा कडाइ गरेको छ। यसअघि भएको व्यवस्थाले प्रतिस्पर्धी व्यक्ति शिक्षण पेसामा आउन नसकेको गुनासो बढेपछि नयाँ व्यवस्था ल्याइएको हो।

नयाँ व्यवस्था भएको शिक्षक सेवा नियमावलीको दशौं शंसोधन मन्त्रिपरिषद्ले बुधबार पारित गरेको हो। शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा केही समयअघि मन्त्रिपरिषद्मा पेस गरेको थियो। स्थायी शिक्षकका लागि प्रतिस्पर्धा गर्नेले दुई चरणमा परीक्षा दिनुपर्ने भएको छ।

सम्बन्धित उम्मेदवारले दुवै चरणको परीक्षा उत्तीर्ण गरेपछि मात्र अन्तर्वार्तामा बस्न पाउनेछन्। नयाँ व्यवस्थाअनुसार अबदेखि शिक्षकको परीक्षा दुई सय पूर्णांकको हुनेछ। यसअघि सय पूर्णांकको मात्र लिखित परीक्षा हुन्थ्यो। सय पूर्णांकको वस्तुगत परीक्षा उत्तीर्ण गरेपछि मात्र दोस्रो चरणको विषयगत परीक्षामा सहभागी गराइनेछ।

विषयगत परीक्षा पनि सय पूर्णांकको हुने मन्त्रालयका विद्यालय प्रशासन महाशाखाका सहसचिव कृष्णप्रसाद काप्रीले बताए। वस्तुगत परीक्षामा परीक्षार्थीले ल्याएको कुल अंकको ५० प्रतिशतलाई मात्र विषयगत परीक्षाको उत्तीर्णांकसँग जोडिनेछ। तर, पहिलोचरणको वस्तुगत परीक्षामा उत्तीर्णांक कति राख्ने भन्ने विषयमा भने थप छलफल गरेर निर्णय गरिने काप्रीले बताए। तर, उत्तीर्णांक ५० हुने सम्भावना बढी रहेको उनले बताए।

‘वस्तुगत परीक्षामा उत्तीर्णांक ५० रह्यो र उम्मेदवारले ५० नम्बर मात्रै ल्यायो भने उसको विषयगत परीक्षाको प्राप्तांकसँग २५ नम्बर मात्रै जोडिन्छ। तर, वस्तुगतमा ५० नम्बरभन्दा तल ल्यायो भने उसले विषयगत परीक्षाम बस्नै पाउँदैन’, काप्रीले भने, ‘वस्तुगत परीक्षामा नेगेटिभ मार्किङ राख्ने विषयमा पनि छलफल भइरहेको छ।’ यो व्यवस्थाले शिक्षक छनोट प्रक्रिया प्रतिस्पर्धी हुने र शिक्षकको क्षमतामा पनि विकास हुने मन्त्रालयको विश्वास छ।

अन्तर्वार्तामा पनि कडाइ

लिखित परीक्षाबाट छनोट भएका शिक्षकलाई २५ पूर्णांक मानेर अन्तर्वार्ता लिने व्यवस्था छ। यो व्यवस्थमा पनि परिवर्तन भएको छ। यसअघि ज्येष्ठताको आधारमा अधिकतम १२ वर्ष मानेर प्रतिवर्ष एक नम्बर दिने व्यवस्था थियो। अब ज्येष्ठताका लागि अधिकतम १० वर्ष मात्र गणना गरिने र प्रतिवर्ष जिरो दशमलव ५ प्रतिशत मात्रै अंक दिने व्यवस्था गरिएको छ।

ज्येष्ठताको आधारमा १२ नम्बरसम्म अंक दिने व्यवस्थाका कारण खुला प्रतिस्पर्धाको परीक्षामा कार्यरत शिक्षकले मात्र मौका पाउने अवस्था आएकाले ज्येष्ठताको आधारमा नम्बर घटाइएको कापी्रले बताए। ‘पुरानो व्यवस्थाअनुसार प्राथमिक तहमा १२ वर्ष पढाएको व्यक्तिले निम्न माध्यमिक तहमा प्रतिस्पर्धा ग¥यो भने उसले स्वतः १२ नम्बर पाउँछ। यसो हुँदा स्वतः १२ नम्बर पाउने व्यक्तिसँग नयाँ उम्मेदवारले प्रतिस्पर्धा गरेर नियुक्ति पाउन निकै कठिन हुन्छ’, काप्रीले भने, ‘अब जति वर्ष काम गरेको भए पनि ज्येष्ठताका आधारमा ५ नम्बरभन्दा बढी अंक कसैले पनि पाउँदैन।’

शैक्षिक योग्यतालाई थप अंक

संशोधित नियमावलीले सम्बन्धित उम्मेदवारले प्रतिस्पर्धा गरिरहेको तहभन्दा माथिल्लो तहको शैक्षिक योग्यता छ भने थप अंक पाउने नयाँ व्यवस्था छ। जसअनुसार माथिल्लो शैक्षिक योग्यता प्रथम श्रेणाीको छ भने एक नम्बर र द्वितीय श्रेणीको छ भने दुई नम्बर पाउनेछ। न्यूनतम शैक्षिक योग्यताका लागि यसअघि दिइँदै आएको तीन नम्बरलाई भने यथावत् राखिएको छ। शैक्षिक योग्यता र ज्येष्ठताबाहेक सम्बन्धित उम्मेदवारले अन्तर्वार्ता दिएको प्रस्तुतिलाई १५ अंक दिइनेछ। अन्तर्वार्ताको अहिलेको पद्धतिलाई पनि कडाइ गरिने मन्त्रालयले तयारी गरेको छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।