५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

दलहरूको उपनिर्वाचन तयारी : कांग्रेस तात्यो, नेकपा चुपचाप

दलहरूको उपनिर्वाचन तयारी : कांग्रेस तात्यो, नेकपा चुपचाप
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोकेपछि दलहरू चुनावी तयारीमा लागेका छन् । प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीयत हमा रिक्त भएका ५० सिटका लागि मंसिर १४ मा निर्वाचन हुँदैछ । कतिपय साना दल चुनावी तालमेल गर्न छलफलमा जुटिसकेका छन् भने केही दलले बहिष्कारको निर्णय पनि गरेका छन् ।

सत्तारुढ नेकपामा उपनिर्वाचनको विषयले छलफलमा प्रवेश पाएको छैन । नेकपा केन्द्रीय विभाग, केन्द्रीय सदस्यको कार्यविभाजन र जनवर्गीय संगठनको इन्चार्जलगायत काममा अल्झिएको छ । उपनिर्वाचनकै विषयलाई लिएर पार्टीमा कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । विपक्षी दल कांग्रेसले भने जिल्ला–जिल्लामा पार्टीका नेतालाई सक्रिय बनाइसकेको छ । कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले उपनिर्वाचन तयारीका लागि जिल्ला–जिल्लामा पार्टीका नेता लागि सकेको बताए । छिट्टै केन्द्रबाट प्रनितिधि पठाएर निर्र्वाचन माहोललाई तीव्रता दिइने महतको भनाइ छ ।

राजपा, समाजवादी, जनमोर्चा, माले र राप्रपा तोलमेलको खोजीमा
उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न राजपा, समाजवादी, राष्ट्रिय जनमोर्चा, माले र राप्रपाले भने तालमेलको तयारी थालेका छन् । तालमेल गर्नका लागि निकट शक्तिको खोजीमा छन् यी दल ‘हाम्रो समाजवादी वा कांग्रेससँग तालमेल हुन सक्छ,’ राजपा महासचिव केशव झाले भने ‘तर, औपचारिक निर्णय भइसकेको छैन ।’ समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले उपनिर्वाचनमा बारेमा ११ गते बस्ने पदाधिकारी बैठकले निर्णय गर्न सक्ने बताए । निर्वाचनमा सकेसम्म तालमेल गर्ने नभए एक्लै प्रतिस्पर्धामा जाने उनको भनाइ छ ।

यस्तै राष्ट्रिय जनमोर्चाले उपनिर्वाचन तालमेलका लागि अध्यक्ष चित्रबहादुर केसीलाई जिम्मा दिएको छ । पार्टीले आधिकारिक निर्णय नै गरेर तोलमेलका लागि छलफल गर्न अध्यक्षलाई जिम्मा दिएको नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले बताए । निर्वाचनमा सकेसम्म कम्युनिस्ट शक्तिसँग तालमेल गरिने जनमोर्चाले जनाएको छ । नेकपा मालेका महासचिव सिपी मैनाली पनि वामपन्थी दलसँग तालमेल गरिने बताउँछन् ।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले उपनिर्वाचन तयारीका लागि नीलकण्ठ काफ्लेको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरिएको जानकारी दिए । यो टोलीले उम्मेदवार, निर्वाचन माहोल र तालमेलको अध्ययन पूरा गरेपछि पार्टीले आधिकारिक निर्णय गर्ने उनले बताए । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचनमा सशक्त रूपमा सहभागिता जनाउने बताए । ‘हामीले निर्वाचन उपयोग गर्दै आएका छौँ,’ सुवालले भने, ‘हामी कुनै शक्तिसँग तालमेल नगरी एक्लै प्रतिस्पर्धा गर्छौँ।’

वैद्य र विप्लवले निर्वाचन बहिस्कार गर्ने
मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादीले उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । गत साउन २१ देखि २३ गतेसम्म बसेको पोलिटब्युरो बैठकले निर्वाचन बहिष्कारको निर्णय गरेको स्थायी समिति सदस्य रामसिंह श्रीषले बताए । ‘हामी संसद्वादलाई मान्दैनौँ, निर्वाचन उपयोग गर्न भाग लिने हो,’ श्रीषले भने, ‘उपनिर्वाचन बहिष्कार गर्दा नै भण्डाफोर हुने देखेपछि प्रतिस्पर्धामा जाँदैनौँ ।’ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले पनि उपनिर्वाचन बहिष्कार गर्ने एक केन्द्रीय सदस्यले बताए ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।