५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

प्राधिकरण अब ठूला आयोजनामा

प्राधिकरण अब ठूला आयोजनामा
अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा दशकौंदेखि अल्झिएका जलविद्युत्का ३८ रुग्ण आयोजना निर्माण सम्पन्न गरेसँगै अब ठूला आयोजना बनाउन केन्द्रित हुने भएको छ।

अलपत्र आयोजनाले प्राधिकरणको साख गिराएका थिए। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रुग्ण आयोजना सम्पन्न भएसँगै डिम्स प्रोजेक्ट सञ्चालन गर्ने बताए। ‘जलविद्युत्का रुग्ण आयोजनाले धेरै बदनाम भएको थियो। अब रुग्ण आयोजना लगभग सम्पन्न भएका छन्, अब प्राधिकरणले डिम्स् प्राजेक्ट अघि सार्नेछ,’ उनले भने, ‘प्राधिकरणले गेम चेन्जर आयोजना सञ्चालन गर्ने योजना अघि सारेको छ।’

कार्यकारी निर्देशक घिसिङ प्राधिकरणको सहायक कम्पनीमार्फत रन अफ दी रिभर ९नदी प्रवाही० भन्दा जलाशय तथा अर्धजलाशययुक्त आयोजना प्राथमिकतामा राख्ने बताउँछन्। ‘अब रन अफ दी रिभरभन्दा जलाशययुक्त आयोजना निर्माणमा केन्द्रित हुनुपर्ने बेला भइसक्यो,’ उनले भने, ‘जलाशययुक्त आयोजना केही महँगो भए पनि बहुउपयोगी देखिन्छ। त्यसैले प्राधिकरणको प्रथामिकतामा जलाशयुक्त आयोजना परेको हो।’

कार्यकारी निर्देशक घिसिङ प्राधिकरणले तीन वर्षदेखि मुनाफा आर्जन गर्दै आएकाले पनि ठूला आयोजनामा लगानी गर्ने बाटो खुलेको बताउँछन्। ‘विगतको तुलनामा प्राधिकरणको आर्थिक अवस्था निकै सुध्रिसकेको छ। त्यसैले, पर्याप्त तयारी गरेर नयाँ आयोजना निर्माणमा अग्रसर हुनेछौं,’ उनले भने, ‘प्राधिकरणले सहायक कम्पनीमार्फत ठूला परियोजना अघि सार्ने तयारी गरेको छ।’

प्राधिकरणले १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजना, ६३५ मेगावाटको दूधकोसी जलविद्युत् आयोजना र ९९.५ मेगावाटको तामाकोसी–५ जलविद्युत् आयोजनालाई नेपाल सरकार र प्राधिकरणको प्राथमिकता प्राप्त आयोजनाको रुपमा अघि सारेको छ। ‘तीनवटै आयोजनाको विस्तुत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने काम भइरहेको छ,’ उनले भने, ‘केही समयमै डिपिआर निर्माण सकिनेछ। त्यसपछि मोडालिटी निर्धारण गरेर निर्माण थाल्नेछौं।’

जलविद्युत्मा जनताको सहभागिता सुनिश्चित गरी प्राधिकरणले विभिन्न सहायक कम्पनीमार्फत जलविद्युत् आयोजनाहरु निर्माण गर्ने काम धमाधम अघि बढाइरहेको छ। चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडका सहायक कम्पनीहरुबाट प्रर्वद्धित १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोसी, १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२।५ मेगावाटको सान्जेन आयोजना निर्माणको अन्तिम चरणमा छन्। १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना, ४० मेगावाटको मेगावाटको रघुगंगा र ३७ मेगावाटको त्रिशूली ३बी आयोजना निर्माणाधीन अवस्थामा छन्।

त्रिशूली ३बी, रसुवागढी र सान्जेन जलविद्युत् आयोजना नेपाल सरकारको ‘नेपालको पानी, जनताको लगानी ः हरेक नेपाली विद्युत्को सेयरधनी’ कार्यक्रममा समेत समावेश गरेर निर्माण भइरहेको छ।

माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडबाट प्रवद्र्धित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य छ। ३० मेगावाटको इखुवा खोला, ६३५ मेगावाटको दूधकोसी, ९९।८ मेगावाटको तामाकोसी ५, २२ मेगावाटको रोल्वालिङ खोला, १०४ मेगावाटको तल्लो सेती, ४२ मेगावाटको मोदी र १८।२ मेगावाटको मोदी ए र ८०० मेगावाटको उत्तरगंगा, १८० मेगावाटको आँधीखोला जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्र तयार पार्ने कार्य विभिन्न चरणमा पुगेको प्राधिकरणले जनाएको छ।

इन्जिनियरिङ तथा परामर्श सेवामा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले स्थापित एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले परामर्शदाताको रुपमा पाँचवटा जलविद्युत् आयोजनाको अध्ययन तथा ४०० केभी ढल्केबर सबस्टेसनको सुपरिवेक्षण लगायत काम भइरहेको प्राधिकरणले जनाएको छ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।