५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

एसइई नतिजा चित्त नबुझे उत्तरपुस्तिका नै पुनः परीक्षण

एसइई नतिजा चित्त नबुझे उत्तरपुस्तिका नै पुनः परीक्षण
अ+ अ-

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)का परीक्षार्थीले नतिजामा चित्त नबुझे उत्तरपुस्तिका नै पुनः परीक्षण गर्न पाउने भएका छन् । यसअघि उत्तरपुस्तिकामा उल्लेखित प्राप्तांक मात्रै पुनः जोडेर (पुनर्योग) हेर्न पाउने व्यवस्था थियो ।

पुनर्योगका लागि आवेदन दिएर चित्त नबुझेका विद्यार्थीलाई अब उत्तरपुस्तिका हेर्न दिने र त्यसमा पनि चित्त नबुझे पुनः परीक्षण गर्न दिन लागिएको हो । ‘पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीको रिजल्ट आइसकेको छ । चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न आवेदन दिन सक्छन् । त्यसमा पनि चित्त नबुझे उत्तरपुस्तिका पुनः परीक्षण गर्ने तयारी पहिलोपटक गरिएको छ,’ राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत एसइईको परीक्षा नियन्त्रक रामराज खकुरेलले भने । एसइईको नतिजामा पुनर्योग गरेका विद्यार्थीले मात्र उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन सक्ने उनले बताए ।

एसइईको उत्तरपुस्तिका हेर्न अहिलेसम्म तीनजनाले आवेदन दिएको खकुरेलले बताए । पनिकाले एसइईको उत्तरपुस्तिका हेर्न प्रतिविषय सात सय रुपैयाँ कायम गरेको छ । अघिल्लो वर्ष बोर्डले कक्षा ११ को उत्तरपुस्तिका पुनः परीक्षणका लागि दुई हजार शुल्क लिने व्यवस्था गरेको थियो ।

१० प्रतिशत फरक परे थपघट हुने
बोर्डले उत्तरपुस्तिका पुनः परीक्षणका लागि विषयअनुसार तीनजनाको विज्ञ टोली बनाउनेछ । पहिले प्राप्त भएकोभन्दा १० प्रतिशत कम वा बढी अंक आए नतिजा परिवर्तन हुन्छ । १० प्रतिशत घट्यो भने घटेकै ग्रेड कायम हुन्छ । पुनः परीक्षणका लागि ग्रेडसिट पनिकामा बुझाउनुपर्ने व्यवस्था छ ।

८ सय ६२ जनाको ग्रेड परिवर्तन
०७५ को एसइई नतिजामा चित्त नबुझेर पुनर्योगका लागि आवेदन दिएकामध्ये आठ सय ६२ जनाको ग्रेड परिवर्तन भएको छ । आठ हजारभन्दा बढीले पुनर्योगका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १० प्रतिशतको नतिजा परिवर्तन भएको छ ।

उत्तरपुस्तिका पुनः परीक्षणमा जोखिम
राष्ट्रिय परीक्षा बोर्डले अघिल्लो वर्ष कक्षा ११ को उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था गरेको थियो । कक्षा ११ मा अघिल्लो वर्ष तीन सय १६ विद्यार्थीले आवेदन दिएका थिए । जसमा एक सय ४८ जनाको अंक उस्तै रहेको छ । पुनः परीक्षणमा ५२ विद्यार्थीको नम्बर घटेको छ भने एक सय १६ जनाको नम्बर केही बढेको छ । कक्षा १२ मा भने पुनः परीक्षण भएको थिएन । उत्तरपुस्तिका हेर्नका लागि जम्मा ६ जनाको आवेदन परेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा ११ र १२ मा पनि उत्तरपुस्तिका हेर्न चाहनेको संख्या कम छ । बोर्ड स्रोतका अनुसार अघिल्लो वर्ष कक्षा १२ मा ६ जनाले मात्र उत्तरपुस्तिका हेरेका थिए । कक्षा ११ मा पोखराका विद्यार्थीले नतिजामा असन्तुष्टि जनाएकाले पुनर्योग गर्नेको संख्या बढी थियो । बोर्डले अघिल्लो वर्षदेखि कक्षा ११ मा पुनर्योग मात्र होइन उत्तरपुस्तिकाको पुनः परीक्षणसमेत गर्न पाउने व्यवस्था गरेकाले संख्या बढेको थियो ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।