५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

कृषि उत्पादनमा बढ्दो विषादी

कृषि उत्पादनमा बढ्दो विषादी
अ+ अ-

पाँचथर । तरकारी र अन्य कृषिजन्य उत्पादनमा मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने किसिमका विषादी प्रयोग बढिरहेको छ। भारतबाट आयात हुने तरकारी र खाद्यान्नको बिगबिगी भइरहेका बेला यहाँको उत्पादनमा पनि विषादी प्रयोग बढेर गएको छ।

चाँडो फाइदा निकाल्ने भन्दै किसानले विषादी प्रयोग गरेको देखिन्छ भने व्यवस्थित रुपमा प्रयोग गर्न प्राविधिकले मार्ग निर्देशन गरेको पनि पाइँदैन। जिल्लामा तरकारीमा बढी विषादी प्रयोग भएको कृषिसँग सम्बन्धित बताउँछन्। खाद्यान्न लगायत उत्पादनमा पनि विषादीको प्रयोग बढेको देखिन्छ। जिल्लामा अर्गानिक उत्पादन बढाउने चर्चा बेलाबेलामा चले पनि जैविक मल, विषादीको प्रयोग घट्दै गएको छ।

रोग–किरा नियन्त्रण, लामो समयसम्म टिकाउन भन्दै विषादी प्रयोग बढेको हो। विषादी बिक्री गर्न सदरमुकाम र बाहिर प्रशस्त एग्रोभेट खुलेका छन्। कतिपय एग्रोभेट दर्ता भएको पनि पाइँदैन। विषादी बिक्री वितरणबारे अनुगमन गर्ने निकाय पनि सक्रिय छैन। क्रमशः विषादी प्रयोग बढ्दै गएको कृषि क्षेत्रका विज्ञ बताउँछन्। प्राविधिक ज्ञानको अभावमा जथाभावी विषादी प्रयोग बढिरहेको उनीहरुको भनाइ छ। भारतीय बजारबाट आएको उत्पादनसँग प्रतिस्पर्धा गर्न तथा चाँडो नतिजा निकाल्न विषादी प्रयोग बढेको देखिन्छ। उत्पादित उपजलाई लामो समय टिकाउने प्रकृतिका विषादी पनि देखिने गरेको कृषि प्राविधिक बताउँछन्।

‘जिल्लामा विषादी प्रयोग बढ्दै गएको छ। यहाँ कडा विषादीको प्रयोगभन्दा पनि मात्रा बढी प्रयोग भएको देखिन्छ। अगुनमका लागि प्राविधिक जनशक्तिको अभाव छ। यसरी नै विषादी प्रयोग बढ्दै गयो भने भोलिका दिनमा समस्या देखिने खतरा छ,’ कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले भने। उनका अनुसार विषादीको बढी प्रयोग रोग–किरा नियन्त्रणमा भएको छ। आवश्यकताभन्दा धेरै विषादी प्रयोग हुनु यहाँको समस्या रहेको उनले बताए।

यदाकदा बन्देज लगाएको विषादी पनि प्रयोगमा आउने गरेको चर्चा हुन्छ। प्रयोगका लागि अनुमति प्राप्त विषादीको प्रयोग पनि प्राविधिक रुपमा हुन नसक्ने बताइन्छ। जनशक्तिको अभावमा अनुगमन लगायत काम हुन नसकिरहेको विष्ट स्वीकार्छन्। ग्रामीण क्षेत्रमा खाद्यान्न बिक्री गर्ने ठाउँमा समेत विषादी बिक्री भएको देख्न पाइन्छ।

पटकपटक कुरा उठाए पनि विषादी प्रयोग न्यूनीकरण हुन नसकेको राष्ट्रिय कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेल बताउँछन्। उत्पादन र उपभोग गर्नेमात्र होइन बिक्रेता तथा कृषकलाई पनि यसले असर पुर्याएको छ। ‘बेच्ने तथा प्रयोग गर्नेलाई असर गरेको उदाहरण देखापरेको छ। विषादी कडा, मध्यम, सामान्य गरी विभाजन गरिएको हुन्छ। प्रायः मध्यम र कडा विषादीनै प्रयोग भएको देखिन्छ,’ पोखरेलले भने ‘यसरी विषादी प्रयोग बढ्दै जाँदा समस्या थपिँदै जान्छ। घरेलु उपचार विधिको प्रयोग रोकिँदै गएको छ।’

विषादीको बढी प्रयोग रोगनाशकको हुने गरेको उनले सुनाए। एप्रोन, पञ्जा लगायत सुरक्षकवच प्रयोग नगर्दा समस्या हुने उनको भनाइ छ। जिल्लामा कृषिमा ठूलो व्यवसायीकरण देखिँदैन। नगदेबाली र तरकारी बाली अलि बढि उत्पादन हुने गर्छ। सानो समस्यालाई नै समाधान गर्न विषादी प्रयोग हुने गरेको बताइन्छ। विषादी बढी भएको खाद्यान्न, तरकारी खाँदा रोग प्रतिरोधी क्षमतामा असर पुर्याउने जिल्ला अस्पताल पाँचथरका डाक्टर मुकेशकुमार झाले बताए। विषादी भएको कृषि उपज उपभोगको असर पछिसम्म देखापर्ने उनको भनाइ छ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।