५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आचार्य बालकृष्णलाई कसले खुवायो विष ?

आचार्य बालकृष्णलाई कसले खुवायो विष ?
अ+ अ-

काठमाडौं ।गतसाता अचानक अस्वस्थ हुनुभएका भारतस्थित पतञ्जली योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृणलाई कसैले विष खुवाएको खुलासा भएको छ।नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामदेवका मुख्य सहयोगी हुनुहुन्छ।
पतञ्जली योगपीठ नेपालमा पनि सक्रिय छ। आचार्य अस्वस्थ भएपछि नेपालस्थित पतञ्जलीका अधिकारी अहिले भारतको हरिद्वार पुगेका छन्।कृष्ण जन्माष्टमीको दिन भक्तले उपलब्ध गराएको प्रसाद (पेडा) खाँदा अचानक बिरामी हुनुभएका आचार्य बालकृष्णको स्वाथ्यमा सुधार देखिएको छ।
पेडा खाएको केही समयपछि बेहोस हुनुभएका आचार्यलाई तत्काल पतञ्जलीको स्वामित्वमा रहेको अस्पतालबाट अर्कै अस्पतालमा सरुवा गरिएको थियो।आचार्यलाई पेडामा विष मिसाएर खान दिएको आशंका गरिएको छ।

उपचारार्थ भर्ना भएका आचार्यको अवस्था चिन्ताजनक रहेको खबर सुनेपछि पतञ्जली नेपालका ट्रस्टी शालिकराम सिंह, पूर्वअध्यक्ष शम्भु दाहाल, उपेन्द्र महतो, योग गुरु लवदेव मिश्र, पतञ्जलीका कोषाध्यक्ष ओम वंशल, प्रदेश ३ का संयोजक ग्रोपेन तौजले, महिला विभाग प्रमुख अर्चना घिमिरे, केन्द्रीय सदस्य गणपति मण्डल, सेवा आश्रम प्रमुख देवकृष्णलगायको टोली शनिबार हरिद्वार पुगेको थियो।
अहिले उहाँको अवस्था सामान्य रहेको र हरिद्वारस्थित कनखल आश्रममा आराम गरिरहनुभएको नेपालस्थित पतञ्जली योगपीठका पूर्वअध्यक्ष शम्भु दाहालले बताउनुभयो।

नेपालमै औषधी उत्पादन गरी बजार विस्तार गर्ने योजनासहित पटकपटक नेपाल आउनुभएका आचार्य बालकृष्णको फुड प्वाइजन भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने देखिएको छ।

सोमबार बिहान नेपाल फर्कनुअघि पतञ्जली योगपीठ नेपालका अधिकारीसँग कुरा गर्दै बाबा रामदेवले आचार्य बालकृष्णलाई कसैले पेडामा विष मिसाएर खुवाएको र सो विषयमा अनुसन्धान भइरहेको बताउनुभयो।

‘हामीले तत्काल जानकारी पायौं र उहाँलाई उपचार गर्न सम्भव भयो’, रामदेवको भनाइ राख्दै नाम उल्लेख गर्न नचाहने एक सदस्यले भने– ‘यस विषयमा रामदेव अत्यन्तै चिन्तित हुनुहन्छ, अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिनुभएको छ।’

आचार्य गएको वर्ष मंसिर, चैत र साउन गरी तीनपटक नेपाल आउनुभएको थियो। उहाँको चाहना नेपालमा आयुर्वेदिक अस्पताल खोल्ने र सुलभ मूल्यमा स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको छ। पतञ्जली स्रोतले यस्तै कारणले उहाँको ज्यान खतरामा परेको हुनसक्ने अनुमान पनि पतञ्जली योगपीठमा चलेको छ।

उहाँले नेपाल केन्द्रित कार्यक्रम सञ्चालन गर्न थालेपछि योगपीठका केहीलाई उहाँको पछिल्लो समय नेपालप्रतिको झुकावप्रति चित्त बुझाइ थिएन। सरकारले नेपाली जडिबुटीलाई प्रसोधन गरी नेपालमै औषधी उत्पादन गर्ने व्यवस्था गरेपछि पछिल्लो दुई वर्षदेखि नेपालमा पतञ्जलीलगायतका आयुर्वेदिक औषधी भित्रिएको छैन।

आयुर्वेदिक समाग्री बिक्री गर्न सबैभन्दा बढी हिस्सा पतञ्जलीले ओगटेको छ। अहिले नेपालमा रहेका करिब २६ औषधी पसलको अवस्था धराशयी बन्दै गएका छन्। स्रोतले भन्यो– ‘नेपालका औषधी पसललाई बचाउन आचार्य स्वयंले नेपालमा औषधी उत्पादन गर्न खोज्नुभएको छ।
नेपालमा उत्पादन भएका जडिबुटी भारत निकासी हुने र भारतमा औषधी बनेर नेपाल आउने गरेको थियो।’आचार्य यही भदौ १८ गते नेपाल आउने र वीरगन्जलगायत विभिन्न जिल्ला भ्रमण गर्ने कार्यक्रम रहेको योगपीठले जनाएको छ।

हाल पतञ्जलीले बालकृष्णले पाल्पा, स्याङ्जा, धुलिखेललगायत जिल्लामा सयौं बिगाहा जग्गा किनेर नयाँ योजना निर्माण गर्दै छ।आचार्य बालकृष्ण पतञ्जली योगपीठ ट्रस्टका महासचिव हुनुहन्छ। ट्रस्टले ५ हजारभन्दा बढी पतञ्जली क्लिनिकको संयोजन गर्दै आएको छ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।