• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

नेकपाले रोक्यो भनाभन, नेतृत्वका विरुद्धमा बोल्नेलाई कारबाही गरिने



काठमाडौं। पार्टीको शीर्ष तहका नेताहरू भनाभनमा उत्रिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरूका विषयमा व्यक्तिगत टिप्पणी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
पार्टीका जिम्मेवार नेताहरू नै व्यक्तिगत टीकाटिप्पणीमा उत्रिएपछि पार्टीले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगबाट उठाउनुपर्ने निर्णय गरेको हो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा बसेको बैठकले सबै तहका नेता, कार्यकर्ता तथा सदस्यलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टीले विधानमा उल्लेख भएअनुसार प्रस्तुत हुन निर्देशन दिएको छ। पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिकरूपमा विरोध वा आलोचना नगर्न बैठकले निर्देशन दिएको छ।

पार्टीको नीति वा नेतृत्वका विरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोधिने र कारबाहीको प्रक्रिया अघि बढाइने निर्णय भएकोे महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो।

  • पार्टीभित्र भनाइ नराखी सार्वजनिकरूपमा बोले कारबाही
  • १५ महिनापछि थपिए ४ केन्द्रीय सदस्य
  • नेताहरूको जिम्मेवारी बाँडफाँट

केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपाको सचिवालय बैठकले पार्टी नेताका बारेमा कुनै नेता, कार्यकर्ताले सार्वजनिकरूपमा टिप्पणी गरे स्पष्टीकरण सोध्ने र कारबाही गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।
नेता कार्यकर्ताले पार्टीको केन्द्रदेखि तलसम्म कुनै कुरा व्यक्तिगतरूपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र उठाउनुपर्ने निर्णय भएको बताउँदै पार्टीभित्र राख्नुपर्ने विषय सार्वजनिकरूपमा लगिए स्पष्टीकरण सोध्दै कारबाही गरिने प्रवक्ता श्रेष्ठले बताउनुभयो।

सचिवालय बैठकले जनसंगठन, विभागका उपप्रमुख तथा सह–इन्चार्जहरू थप गरेको छ। हालसम्म जिम्मेवारी नपाएका नेताहरूलाई सविचालय बैठकले जिम्मेवारी दिएको छ। कानुन मन्त्री भानुभक्त ढकाललाई सुरक्षा विभाग प्रमुख र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रादेशिक मामिला उपप्रमुखको जिम्मेवारी दिइएको छ।

सुरक्षा विभागको उपप्रमुखमा रामकुमार राईलाई जिम्मेवारी दिइएको छ। त्यसै गरी पत्रकार तथा लेखक विष्णु रिजाललाई विदेश विभागको उपप्रमुख बनाउने निर्णय बैठकले गरेको छ।

बैठकले सहकारी तथा गरिबी निवारण विभागको उपप्रमुखको जिम्मेवारी कमल चौलागाईं दिएको छ। बैठकले झलनाथ खनाल नेतृत्वको नीति अध्ययन प्रतिष्ठानको सहसंयोजकमा पूर्वराजदूत प्रमेश हमाललाई नियुक्त गरेको छ। नीति अनुसन्धान प्रतिष्ठानको अर्का सहसंयोजकको जिम्मेवारी रमेश धमलालाई दिइएको छ।

त्यसै गरी कर्णाली प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा सत्या पहाडी, सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा वीरमान चौधरीलाई तोकिएको छ। चौधरीलाई यसअघि कैलालीको सहइन्चार्जको जिम्मेवारी दिइएको थियो।

अखिल नेपाल महिला संघको सहइन्चार्जमा अमृता थापा र सीता पौडेललाई ल्याइएको छ। आदिवासी जनजाति महासंघ नेपाल र सम्बद्ध संगठनको सहइन्चार्जको जिम्मेवारी सुरेश आलेमगर र शेरबहादुर तामाङलाई दिइएको छ।
नेपाल दलित मुक्ति संगठन र सम्बद्ध संगठनको सहइन्चार्जको जिम्मेवारी तिलक परियार र बोमबहादुर विश्वकर्मालाई दिइएको छ भने प्रेस संगठन नेपाल र सम्बद्ध संगठनको सहइन्चार्ज महेश्वर दाहाल, जनसांस्कृतिक महासंघ नेपाल र सम्बद्ध संगठनको इन्चार्ज केदार न्यौपाने, सहइन्चार्ज खगेन्द्र राई, खेलकुद महासंघ र सम्बद्ध मोर्चाको इन्चार्ज जीवन घिमिरे र अजम्बर काङवाङलाई दिइएको छ।

इन्जिनियरिङ संगठनको सहइन्चार्जमा रामकुमारी झाँक्री र शिक्षक सम्बद्ध संगठनको सहइन्चार्जको जिम्मेवारी हिक्मत कार्कीलाई दिइएको छ।त्यसै गरी ताप्लेजुङको सहइन्चार्जमा तिलकुमार मेन्याङ्बो, सुनसरीको सहइन्चार्जमा भगवती चौधरी, सिरहाको सहइन्चार्जमा प्रमोदनारायण यादव र हरिनारायण चौधरी र चूडामणि जंगलीलाई कास्की र दीपक देवकोटालाई कैलालीको सहइन्चार्जको जिम्मेवारी दिइएको छ।

बैठकले विभिन्न पार्टीबाट एकतामा आएका चार जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ। सचिवालय बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।
पराजुली र धमला तत्कालीन नयाँशक्ति पार्टीबाट र राईद्वय विप्लव समूहबाट नेकपा प्रवेश गर्नुभएको थियो। यसअघि नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय थियो। नयाँ चार जना थपिएपछि नेकपा केन्द्रीय समिति ४ सय ४५ सदस्यीय भएको छ।
नेकपाको विधानमा पार्टी एकता प्रक्रियामा सामेल भएकामध्येबाट १० प्रतिशतलाई केन्द्रीय समितिमा लैजान सकिने व्यवस्था रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। पार्टी एकता भएको १५ महिना बितिसक्दासमेत नेकपाको केन्द्रीय सदस्यको बैठक एकपटक पनि बस्न सकेको छैन। बैठकले सिंगापुरमा उपचाररत अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेको छ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।