१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘म्याकडोनल्ड’लाई भारतमा बहिस्कारको धम्की



अ+ अ-

नयाँदिल्ली । विश्वभर विस्तार भएको फास्टफूड कम्पनी म्याकडोनल्डले भारतमा वहिस्कारणको चेतावनी झेल्नुपरेको छ ।

म्याकडोनल्डले आफ्नो खानामा हलाल गरेको मासु राखिएको भनेपछि भारतका कट्टर हिन्दुवादीहरुले उक्त कम्पनीको खाना नै बहिस्कार गर्ने चेतावनी दिएका हुन् । भारतस्थित म्याकडोनल्डले ट्वीटरमा आफ्ना सबै रेष्टुरेण्ट ‘हलाल सर्टिफाइड’ भएको उल्लेख गरेपछि विवाद उत्पन्न भएको हो ।

‘हाम्रा सबै रेष्टुरेण्टसँग हलाल प्रमाण छ । तपाईँ सम्बन्धित रेष्टुरेण्टका म्यानेजरलाई यसबारे सोध्न सक्नुहुन्छ’ फास्टफूड कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै लेखेको थियो ।

तर थुप्रै ग्राहक म्याकडोनल्डको यस्तो अभिव्यक्तिबाट आक्रोशित बनेका छन् । हिन्दु समुदायका मानिस थप आक्रोशित बने । सामाजिक सञ्जालमा अहिले ‘ह्यासट्याग ब्वायकटम्याकडोनल्ड’ नै सुरु भएको छ । ८० प्रतिशत हिन्दु भएको भारतमा म्याक डोनल्डले किन हलाल गरिएको मासु विक्री गरेको रु भन्दै सामाजिक सञ्जालमा प्रश्न र आक्रोश पोखिएका छन् ।