५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

वर्किङ भिसामा नेपाल आउँछन् विदेशी

वर्किङ भिसामा नेपाल आउँछन् विदेशी
अ+ अ-

काठमाडौं। नेपालीहरू काम गर्न तथा अध्ययनका लागि बिदेसिने क्रम बढिरहेको बेला विदेशबाट नेपालमा काम गर्न तथा पढ्नकै लागि विदेशीहरू आउने गरेको पाइएको छ । अध्यागमन विभागका अनुसार सन् २०१८ मा विभिन्न मुलुकबाट २ हजार २ सय ८८ जना विदेशी नागरिक वर्किङ भिसामा नेपाल आएका छन् । यस्तै, सन् २०१९ को अगस्टसम्ममा विभिन्न देशका १ हजार ३ सय ८४ जना विदेशीले नेपालमा काम गर्न भिसा अनुमति प्राप्त गरेका छन्् । विभागका अध्यागमन अधिकृत राजेश महर्जनले सन् २०१८ र २०१९ को अगस्टसम्म ३ हजार ६ सय ७२ जना विदेशी नागरिकले वर्किङ भिसा अनुमति प्राप्त गरेको जानकारी दिए ।

नेपालमा विभिन्न किसिमका ठूला योजना, सडक तथा पूर्वाधार निर्माणमा काम गर्न विदेशी निर्माण कम्पनीहरूले कामदार ल्याउने गरेका छन् । यसरी ल्याइएका कामदारलाई निर्माण अवधिभर कम्पनीहरूले नै राख्ने गरेका छन् ।
नेपालमा वर्किङ भिसामा चीन, जापान, कोरिया, फिलिपिन्स, थाइल्यान्ड, भुटान, बंगलादेशलगायतका मुलुकबाट विदेशी नागरिक आउने गरेका छन् । अन्य भिसामा प्रवेश आज्ञा लिएर काम गर्ने विदेशीका हकमा भने अध्यागमन विभागले कडाइ गर्ने गरेको छ । अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले वर्किङ भिसाबाहेक अन्य भिसामा आएकाले भने काम गरेको पाइए अध्यागमनले कारबाही गर्ने बताए । ‘प्रवेश स्वीकृति पाएको बाहेकका विषयमा कुनै पनि गतिविधि गर्न पाइँदैन,’ निर्देशक तिवारीले राजधानीसँग भने, ‘विपरीत भएको पाइए कारबाही गरिन्छ ।’

विदेशी नागरिकले नेपालमा काम गर्न आउँदा भने विभिन्न प्रक्रिया पूरा गरेपछि मात्रै भिसा अनुमति पाउँछन् । वर्किङ भिसामा आउने विदेशी नागरिकका विषयमा कामदार ल्याउने कम्पनीले नै उनीहरूको अनुमति प्रक्रिया सुरु गर्नुपर्छ । यस्तै, काम गर्ने ठाउँबाट समेत सम्बन्धित मन्त्रालयलाई पत्र पठाउनुपर्छ भने कामदारको श्रम स्वीकृतिसमेत भएको हुनुपर्छ । सबै प्रक्रिया पूरा भएपछि गृह मन्त्रालयबाट कार्य स्वीकृति पाएपछि मात्रै सम्बन्धित मन्त्रालयले अध्यागमनलाई पत्र पठाएपछि विदेशी नागरिकले नेपालमा काम गर्न अनुमतिसहित प्रवेश आज्ञा पाउनेछन् ।

यसैगरी, सन् २०१८ मा २ हजार २ सय ८२ जना विदेशी नेपालमा अध्ययनका लागि भिसा अनुमति पाएका छन् भने २०१९ को अगस्टसम्म ९ सय २९ जना विदेशीले नेपाल आएर विभिन्न विषय पढ्न भिसा अनुमति पाएका छन् ।
यसरी अध्ययनका लागि नेपाल आउने विदेशीहरूमा श्रीलंका, पाकिस्तान, माल्दिभ्स, बंगलादेश, भुटान, चीनसहितका देशका नागरिक छन् । यसरी विभिन्न मुलुकबाट आउने विदेशीले नेपाली, नेवारी, बौद्ध दर्शन, संस्कृतलगायतका भाषाको अध्ययन गर्न सम्बन्धित निकायबाट अनुमति प्राप्त गरेर भिसाको प्रक्रियामा जाने गरेका छन् ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।