२३ असार २०८३, मंगलवार
,
Latest
बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक बोरा चामलको मूल्य ७ हजार !



अ+ अ-

ताप्लेजुङ । सन् २०३० लाई भ्रमण वर्ष मनाउने तयारी भइरहँदा हिमाली पर्यटकीय बस्तीका बासिन्दा भने महँगीको चपेटामा छन्।

विदेशी पर्यटक पुग्ने हिमाली बस्तीमा एक बोरा चामलको मूल्य ७ हजार रुपैयाँसम्म पर्ने गरेको छ। यो खबर ताप्लेजुङको हो।

यो ३० किलोको एक पोका जुनेली चामलको मूल्य हो। स्थानीय व्यापारीले नाफा राखेर बिक्री गर्दा अझ धेरै हुन्छ। त्यसका लागि व्यवासयी सामान व्यवस्थापनमा लागेका छन्। तर कच्ची मोटरबाटो बर्खामा बिग्रिएकाले यातायतका साधन चलेका छैनन्।

कञ्जनजंघा वाइट हाउस घुन्साका प्रबन्धक नुपु शेर्पाका अनुसार सदरमुकाम फुङलिङबाट घुन्सासम्म सामान पुर्याउँदा मजदुरले प्रतिकिलो १ सय ५० रुपैयाँ ढुवानी भाडा लिन्छन्।

३० किलो चामलको भाडा मात्रै ४ हजार ५ सय रुपैयाँ पर्छ। जुनेली चामल सदरमुकाममा ३० कलिोको बोरालाई १७ सय ५० रुपैयाँ पर्छ।

३२ सय मिटर उचायइको घुन्सामा पुग्दा ६ हजार २ सय ५० रुपैयाँ पर्ने घुन्सा आधारभूत विद्यालयका प्रधानाध्यापक लीलाचक्र गुरुङ बताउँछन्।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।