२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एउटै सहारा तिम्रै मायाको…’



अ+ अ-

काठमाडौँ । काभ्रे, दाप्चाका कृष्णचन्द्र श्रेष्ठ । ९३ वर्षको बुढ्यौली उमेर । हातखुट्टाले भर छाडिसके । तीन छोरा र तीन छोरी गरी छ सन्तानका बाबु । श्रीमती बितेको वर्षौं भैसक्यो । छोरीहरु घरजम गरेर गए । छोराहरुले विवाह गरेर पेसा, व्यवसाय गर्न सहरबजार लागे । ८ वर्षअघि दाप्चाको घर आगो लागेर पूर्ण रुपमा नष्ट भयो । जसोतसो उनी जोगिए ।

सम्पत्तिको नाममा भएको घर पनि आगोले सखाप पारेपछि उनले गाउँ छाँडे। काठमाडौं आए। तिनकुनेस्थित निःसहाय सेवा सदनको जेष्ठ नागरिक आवासगृहमा साहारा लिई बस्न थालेको ८ वर्ष भैसकेछ।

बुवाको मुख हेर्ने दिन थुप्रै मानिस खानेकुरा, फलफुल लिएर सदनमा बस्ने श्रेष्ठसहित ३८ जना वृद्धवृद्धा भेट्न आए। आक्कल–झुक्कल भेट्न आइपुग्ने छोरा आइहाल्लान् कि भनेर श्रेष्ठ दिउसो अबेरसम्म बाटो कुरिबसे। कोही आएनन्। एक्लिएर सहारामा पुगेका उनलाई छोराछोरीको उतिसारो आशा पनि छैन। तर आफ्ना सन्तानको माया भने सदैव रहिरन्छ। ‘यस्ता चाडवाडमा चाँही छोराछोरीको याद आउने रहेछ,’ उनले दुखित हुँदै सुनाए।

ओखलढुंगा, रामपुरकी ८० वर्षिया गायत्री थापा पनि श्रेष्ठ जस्तै सदनको सहारामा छिन्। उनले त्यहाँ बस्न थालेको ११ वर्ष भैसक्यो। जायजन्म नभैकन पतिको मृत्युपछि कहिले घर त कहिले माइती गर्दै बसेकी उनी गाउँका साथीभाइसँगको लहैलहैमा काठमाडौं छिरेकी थिइन्। धेरैवर्षसम्म नक्सालस्थित चिनारु आफन्तकै घरमा खाना पकाउने काम गरिन्। उमेर ढल्किदै गएपछि काम गर्न नसक्ने भइन्। पछि चिनेजानेकै साथीहरुले आवाशगृहमा बस्ने व्यवस्था मिलाइदिए। ओखलढुंगाका देवर, देउरानी कहिलेकाँही भेटघाट गर्न आउँछन्।

‘बस्न उतै आउनु भन्छन्, काम गर्न सकिँदैन,’ गायत्रीले सुनाइन्। छोराछोरी, परिवार, आफन्त तथा समाजबाट अपहेलित वृद्धवृद्धाहरु सदन वृद्धाश्रममा जीवनको अन्तिम सत्र कटाउन आउँछन्। ‘आफ्नो घरजस्तो कहाँ हुन्छ र, घरैमा पनि बस्न सकिँदैन,’ परिवार, समाजबाटै अपहेलित हुनुपरेपछि वृद्धाश्रम पुग्नुपरेको एक वृद्धले गुनासो पोखे। चार दशक अघि पत्नी बितेपछि साहाराविहिन बनेका उनी केहि वर्षदेखि तिनकुनेको आवाशगृहमा बस्दै आएका छन्।

त्यसो त सरकारले सन्तान वा संरक्षकले आनो कमाइको १० प्रतिशत रकम आमाबाबु/अभिभावकका नाममा रहेको बैंकमा जम्मा गर्नुपर्ने ज्येष्ठ नागरिकसम्बन्धी विधेयक ल्याएको छ। यसबारे सुनाउँदा श्रेष्ठले सरकारले लागु गर्न सके आफूजस्ता जेष्ठ नागरिकलाई राहत मिल्ने बताए। पारिवारिक वातावरणमा जीवन व्यतित गर्न पाउँने अभिलासा व्यक्त गरे।

गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार ७० वर्ष माथिका ११ लाख ९२ हजार १ सय ३६ जेष्ठ नागरिक छन्। यसैगरी पर्यटनमन्त्री योगेश भट्टराईले हालै हवाइसेवामा ७० वर्ष माथिका वृद्धवृद्धालाई ५० प्रतिशत छुट दिने घोषणा गरेका छन्। सरकारले ल्याएका यस्ता सामाजिक सुरक्षा कार्यक्रम कडाइका साथ लागु गर्न सके जेष्ठ नागरिकहरु प्रत्यक्ष लाभान्वित हुन पाउने निःसहाय सेवा सदन, तीनकुनेका प्रशासकिय अधिकृत प्रेमप्रसाद उप्रेती बताउँछन्।

सदनमा परिवारमा कोही नभएको, विधुवा, पारिवारिक बेमेलले गर्दा अलग्गिएका ६० वर्ष पार गरेका जेष्ठ नागरिक बढीजसो आउछँन्।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।