६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

खण्डहर बन्दै मुक्त हलिया बस्ती

खण्डहर बन्दै मुक्त हलिया बस्ती
अ+ अ-

डोटी : जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण गरिएको मुक्तहलियाको बस्ती मान्छे नबस्दा दिनहुँ खण्डहर बन्दै गएको छ । पुस्तौँदेखि मालिकको घरमा हलो जोतेका १८ परिवारका लागि स्थापना गरिएको उक्त बस्तीमा कोही पनि नबस्दा बस्ती खण्डहरमा परिणत हुँदै जानथालेको छ ।

सरकारले यसै वर्ष पुनःस्थापनाको काम सक्ने बताए पनि प्रभाकारी कार्यान्वयन नहुँदा वास्तविक पुनःस्थापना हुनेमा शङ्गा पैदा गरेको छ । सरकारले निर्माण गरेको उक्त बस्तीमा पानी बिजुली नहुँदा मुक्त हलिया बस्न नसकेको उक्त सामूहिक बस्तीमा घर भएकी मुक्त हलिया चन्नरी कोलीले बताउनुभयो ।

हलिया बस्ती स्थापनाका लागि विद्यालय, खानेपानी, विद्युत् तथा न्यूनतम विकासका पूर्वाधार हुनपर्ने कार्यविधिमा उल्लेख भए पनि बगलेकको जङ्गलमा बस्ती बसाउँदा समस्या भएको मुक्तहलिया बताउँछन् । हलियालाई पुनः हलिया नै बनाई राख्नका लागि बगलेकको जङ्गलमा बस्ती राख्न प्रपञ्च गरिएको हलिया अभियान्ता गोरखबहादुर सार्कीले बताउनुभयो ।

कर्मचारी अभाव भएका कारण जिल्लाभरि मर्मत तथा निर्माण भएका सबै घरको अनुगमन गर्न नसकिएको घर अनुगमनको जिम्मा पाएका जिल्ला मालपोत कार्यालयका प्रमुख सुनिलसागर जोशीले बताउनुभयो । मुक्त हलिया पुनःस्थापना बस्तीमा एक घर पनि मापदण्डअनुसार नबनेका स्थानीयको आरोप छ । बस्तीमा जस्तापाताले छाएका घर भुईंतले मात्र छन् भने उचाइ सात फिटभन्दा तल छ ।

पूर्वीचौकी गाउँपालिकको बगलेकमा मापदण्डअनुसारका घर नबनेको जानकारी आफूलाई पनि प्राप्त भएको प्रमुख जोशीले स्वीकार गर्नुभयो । दुई कोठे भवन निर्माणको नक्सा भए पनि सानो आकारको टहराजस्तो घर निर्माण गरेर मुक्तहलियाले अनुदान लिने गरेका छन् । नेपाल सरकारले जग्गा खरीदका लागि रु दुई लाख र घर निर्माणका लागि रु तीन लाख २५ हजार दिएको भए पनि घर निर्माण गर्दा करीब रु एक लाख १२ हजारमात्र खर्च गरेको एक मुक्तहलिया दीपक कोलीले आरोप लगाउनुभयो ।

बस्तीमा निर्माण गरिएका घरको झ्याल ढोकासमेत नभएको मुक्त हलिया समाजका पूर्वअध्यक्ष डम्मर विकले आरोप लगाउनुभयो । विसं २०७४ असारमा नमूना हलिया बस्ती निर्माणका लागि अन्तिम तयारी गरेको अबस्थामा आर्थिक चलखेल भएको खबर बाहिरिएपछि जग्गा खरीदका लागि काटिएको रु ७८ लाखको चेक कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा जम्मा गरिएको थियो ।

हनुमान हर्टिकल्चर प्रालिको नाममा रहेको उक्त जमीन विसं २०७५ असारमा फेरी १८ जनाले व्यक्तिगत जग्गा खरीद गरेर पास भएको छ । मुक्तहलिया बस्दै आएको ठाउँबाट एक घण्टाको दूरीमा रहेको उक्त जमीन सुविधा नरहेको जानकारी हुँदाहुँदै पनि किन जमीन खरीद गरियो यो भने रहस्यको विषय बनेको छ ।

वडा नं २ बगलेक र दिपायल सिलगढी नगरपालिका वडानं ७ मा मुक्तहलियाका ३० परिवारको पुनःस्थापनाका लागि जग्गा खरीद तथा घर निर्माण गरिएको छ । प्रतिपरिवार रु पाँच लाख २५ हजारको लगानी भएको भए पनि हाल उनीहरु पुरानो घरमा बस्दै आएका छन् ।