काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै श्रेष्ठको नियुक्ति भएको पुष्टि गरे ।
श्रेष्ठ यसअघि प्राधिकरणको कामु कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । मन्त्रिपरिषद्को निर्णयसँगै उनले अब कार्यकारी निर्देशकका रूपमा औपचारिक जिम्मेवारी पाउने भएका छन् ।









