२ आश्विन २०८३, शुक्रबार
,
Latest
जलवायु न्यायका लागि क्षेत्रीय सहकार्य र प्रभावकारी कूटनीति आवश्यक : सांसद खानी तथा खनिज विधेयकलाई राष्ट्रिय पुँजी निर्माण र रोजगारीसँग जोड्न सभापति अन्सारीको जोड मधेसको विकासमा महिला, आदिवासी–जनजाति र दलितलाई मूलप्रवाहीकरण गर्न सांसद अर्यालको माग सञ्चारमन्त्री डा तिमिल्सिनासँग गणतन्त्र कोरियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता खनिज विधेयकलाई लगानीमैत्री बनाएर औद्योगिक रूपान्तरणको आधार बनाउनुपर्छ : मन्त्री साह विपद् आएपछि उद्धार गर्ने होइन, अघिबाटै तयारी गर्नुपर्छ : कमला पन्त हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान नयाँ डिजाइनमा ५० रुपैयाँको नोट चलनचल्तीमा ल्याउँदै राष्ट्र बैंक
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शाहद्वारा जेन्जी पुस्ताका सांसदसँग विशेष अन्तरक्रिया



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेन्जी पुस्ताका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार सुरु भएको अन्तरक्रियामा नवीनतम प्रविधि तथा डिजिटल सुशासनका विषयमा छलफल भइरहेको छ।

बैठकमा युवा स्वरोजगार, स्टार्टअप नीति, प्राविधिक शिक्षा तथा सर्वसुलभ स्वास्थ्य सेवाका विषयलाई समेत प्राथमिकताका साथ उठाइएको छ। यस्तै, वातावरणीय सन्तुलन कायम गर्दै दिगो विकासलाई अघि बढाउने विषयमा पनि सांसदहरूसँग गहन छलफल भइरहेको जनाइएको छ।

प्रधानमन्त्री शाहले युवा पुस्ताका प्रतिनिधिसँग प्रत्यक्ष छलफलमार्फत उनीहरूका प्राथमिकता, सुझाव र अपेक्षालाई सरकारका नीति तथा कार्यक्रमसँग जोड्ने उद्देश्यले अन्तरक्रिया आयोजना गर्नुभएको हो।

अन्तरक्रियामा प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रभावकारी बनाउने, युवाका लागि रोजगारी तथा उद्यमशीलताको वातावरण निर्माण गर्ने र शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने विषयमा विचार–विमर्श भइरहेको छ।