२३ असार २०८३, मंगलवार
,
Latest
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जहाँ महिलाले तीज मनाउँदैनन्, पुरुष व्रत बस्छन्



अ+ अ-

काठमाडौं । नाच्ने, दर खाने अनि व्रत बस्ने। तीजका यी तीन रोचक विशेषता हुन्। थारू समुदायमा भने महिलाले तीज मनाउँदैनन्।

बरु पुरुषहरू भने व्रत बस्दै आफ्ना छोरी–चेली भेट्न जान्छन् फलफूल बोकेर। यसरी मनाइने पर्वलाई ‘अट्वारी’ भनिन्छ।

यसपटक अट्वारी व्रत दर खाने अघिल्लो दिन आइतबार परेको छ। कुशे औंसी सकिएको पहिलो आइतबार थारू समुदायका पुरुषले ‘भीम’ को नाममा यो व्रत बस्ने चलन छ।

आइतबार बस्ने भएकाले यसाई अट्वारी भन्ने गरिएको थारू समुदायका अग्रजको भनाइ छ। उनीहरूका अनुसार यो पर्वमा पुरुषहरू पानी पनि नपिई नर्जला व्रत बस्छन्। दिनभर भीमको पूजा गर्छन्। भोलिपल्ट बिहानै छोरीचेली भेट्न फलफूल र अन्य खानेकुरा लिएर जान्छन्।

बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौडी बस्ने ४० वर्षीय हरिराम थारूले बाउबाजेदेखि अट्वारी व्रत बस्दै आएको बताए।
कान्तिपुर दैनिकबाट