२३ असार २०८३, मंगलवार
,
Latest
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै खेतीमा काम गरेको प्रतिघन्टा सय रुपैयाँ



अ+ अ-

मोरङ । मोरङको सुन्दरहरैचा–१ कुमार गाउँका प्रकाश घिमिरे दिन बिराएर घरनजिकै रहेको आफ्नै तरकारीबारीमा गएर गोडमेल गर्छन् । उनले तरकारीबारीमा काम गरेबापत प्रतिघन्टा एक सय रुपैयाँका दरले ज्याला पनि पाउँछन् । त्यस्तै, विशाल बजगाईं पनि दिन बिराएर तरकारीबारीमै काम गर्छन् र प्रकाशले जसरी नै ज्याला लिन्छन् ।

उनीहरूजस्तै कुमार गाउँका ४५ जना मिलेर एक कृषक समूह खोलेर केही महिनादेखि तरकरी खेती गर्न थालेका छन् । सयपत्री कृषक समूह खोलेर तीनै समूहका २० जना मिलेर सामूहिक खेतीको अभ्यास सुरु गरेका हुन् । बजगाईं र घिमिरे सयपत्रीका सदस्य हुन् । ‘पहिला हामी पनि नोकरी गथ्र्यौँ,’ घिमिरे भन्छन्, ‘अहिले हाम्रै खेतीबाट आफैँले काम गरेको पैसा लिन्छौँ ।’

उनीहरूले गत वैशाखदेखि सामूहिक खेती थालेका हुन् । अहिले बारीमा भिन्डी र लौका तथा धान रोपेका छन् । एक बिघा ३ कट्ठा लिजमा लिएर खेती गरेका हुन् । अहिले भिन्डी र लौका बेचिरहेका छन् भने धान खेतमा लहलह देखिन थालेको छ । ‘वर्षको ५० हजार तिर्ने सर्तमा जग्गा लिजमा लिएका छौं,’ विशालले भने, ‘हामी अरूकोमा ज्याला, मजदुरी गर्नेहरू मिलेर सामूहिक खेती थालेका हौँ ।’

६–७ जनाको ३ समूह बनाएर पालो–पालो खेतबारीमा काम गरिरेहका छन् । सबै लगानी समूहकै हो । ज्याला र खर्च कटाएर बचेको सबै पैसा समूहमै जम्मा हुन्छ । समूहको ७० हजार लगानीमा उनीहरूले खेती थालेका हुन् ।

उनीहरूले उत्पादन गरेको भिन्डी प्रतिकिलो १५ रुपैयाँदेखि ४० रुपैयाँसम्ममा किनबेच हुने गरेको छ । ‘स्थानीय बेलबारी, विराटचोकलगायतका व्यापारी आएर बारीबाटै लान्छन्,’ बजगाईंले भने, ‘बजारसम्म बेच्ने पहुँच हाम्रो पुग्न सकेको छैन ।’ रायो साग र लोकल धनियाँ बारीमा छरिसकेका छन् । उनीहरूले खेती गर्ने नजिकैको पसलमा एउटा सूचनापाटी नै टाँसेर राखेका छन् । उनीहरूले रोप्नेदेखि गोडमेल र टिप्नेसम्मको सूचना टाँसेर काम गर्ने गर्छन् ।

खोलाले कुलो बगाउँदा भने सिँचाइमा समस्या भइरहेको उनीहरू बताउँछन् । लोहान्द्रा खोलाबाट उनीहरूले सिँचाइ गरेका छन् । उनीहरूले खोला व्यवस्थित गरिदिनसमेत सरकारसँग आग्रह गरे ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।