१ आश्विन २०८३, बिहीबार
,
Latest
रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहतका कमिटीलाई निर्देशन जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?: सांसद बराल भोटेकोशी बाढी : संसदीय विशेष समिति गठनमा जुटेन सहमति अपमान र घृणामाथि उभिएको कांग्रेसको महलमा बस्न सक्दिनँ: डा. शेखर कोइराला भ्रष्टाचार नियन्त्रणमा अख्तियारले संवैधानिक दायित्व प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी सङ्कलन



अ+ अ-

काठमाडाैँ । हुम्लाकाे चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी सङ्कलन हुने गरेको छ । “स्थानीयलाई गैरकानुनी रुपमा जडीबुटी सङ्कलन गर्नेको पहिचान छ, यद्यपि सुरक्षाका कारणले उनीहरु नाम बताउन चाहदैनन् ।” बागेढुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रङ्गबहादुर शाहीले भन्नुभयो ।

अध्यक्ष  शाहीले जीवन सुरक्षाका त्रासले उपभोक्ता समितिका सदस्यहरु चोरी गर्नेको नाम बताउन चाहादैनन भन्नुहुन्छ । चङ्खेली गाउँपालिका–२ स्थित उक्त सामुदायिक वनका सात स्थानमा जडीबुटी पाइने भए पनि लादुसिमेलीबाडा, रातापानी क्षेत्र, हरीनाथको कोर्ने पाटी र तिखेजुर वनबाट बाह्रै महिना जडीबुटी सङ्कलन गर्ने गरेको उहाँले बताउनुभयो । हुम्लामा जडीबुटी सङ्कलन इजाजत लिनका लागि भदौ २९ गते मात्रै डिभिजन वन कार्यालयले सूचना जारी गरेको छ ।

डिभिजन वन कार्यालय, हुम्लाले अनुमति नलिकन जडीबुटी सङ्कलन गर्नेलाई कारबाही गर्ने दायित्व सामुदायिक वनले गर्ने  सबडिभिजन कार्यालय सर्केगाडका प्रमुख बाबुलाल बम्जनले बताउनुभयो ।  उहाँले महिलनमा एक दुईपटक वनको अनुगमन गर्ने गरेको बताउनुभयो । यद्यपि अनुगमन गर्दा कोही कसैलाई नभेटेको बताउनुभयो । यदि भेटिएका खण्डमा कारबाहीको दायरामा ल्याइने पनि उहाँले बताउनुभयो ।

स्थानीय चन्द्रबहादुर बुढाका अनुसार यहाँका स्थानीय व्यापारीले इजाजत नलिकन जडीबुटी सङ्कलन गर्ने र पछि उनीहरुले नै इजाजत प्राप्त व्यापारीलाई जडीबुटी बिक्री गर्ने गरेको बताउनुभयो । हुम्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा बहुमूल्य जडीबुटी तथा वन्यजन्तु चोरीनिकासी दिन प्रतिदिन बढ्दै गइरहेको स्थानीय नागरिकको भनाइ छ । तर, उनीहरुको नाम आफूले नभन्ने बताएका छन् ।  यहाँका वन क्षेत्रमा सुगन्धवाल, कुटिक, जटामसी, सतुवा, पदमचाललगायत बहुमुल्य जडीबुटी निरन्तर चोरीनिकासी भइरहेको स्थानीयले बताएका छन् ।

सामुदायिक वन तथा राष्ट्रिय वनभित्र बहुमूल्य जडीबुटी सङ्कलन तथा चोरीनिकासी गरेको पाइएमा ऐनअनुसार कडा कारबाही गरिने भन्दै डिभिजन वन अधिकृत कुमाइले अवैध रुपमा सङ्कलन नगर्न सबैलाई आग्रह गर्नुभयो । चङ्खेली गाउँपालिकाका विभिन्न वन क्षेत्रमा दिन प्रतिदिन बहुमूल्य जडीबुटी र बोटबिरुवाको चोरीनिकासी भइरहेको भए पनि सम्बन्धित निकायले रोक्न नसकेको स्थानीय चन्दबहादुर बुढाले आरोप लगाउनुभयो ।

इजाजतबिनै जडीबुटी सङ्कलन रोक्न २१ दिने सूचना जारी

हुम्लाको चङ्खेली क्षेत्रमा जडीबुटी तथा गैरकाष्ठ वन पैदावार इजाजतबिनै सङ्कलन हुने गरेको पाइएको छ । गत वर्ष कार्ययोजना नभएका कारण सम्बन्धित निकायले सङ्कलनको इजाजत नदिए पनि केही व्यक्तिले छिमेकी जिल्ला मुगु हुँदै जडीबुटी सङ्कलन तथा निकासी गरेको भए पनि यस वर्ष भने हुम्लाले जडीबुटी सङ्कलनका लागि २१ दिने सूचना जारी गरेको छ ।

गत वर्ष हुम्लामा जडीबुटी तथा गैरकाष्ठ वन पैदावार जम्मा गर्नका लागि आवश्यक कार्ययोजना स्वीकृत नभएकाले इजाजत दिन नसकिएको डिभिजन वन कार्यालय हुम्लाका प्रमुख महेश कुमाइले बताउनुभयो । त्यसक्रममा केही जम्माकर्ताले मुगुबाट जडीबुटी लगेका थिए । तर, अहिले मुगुमा सम्बन्धित कार्ययोजना नभएको बताउनुभयो ।

यसैबीच, हुम्लाले चालुका लागि जडीबुटी तथा गैरकाष्ठ वन पैदावार सङ्कलनलाई व्यवस्थित र कानुनी दायरामा ल्याउन यही भदौ २९ गतेदेखि २१ दिने सूचना जारी गरेको छ । सूचनामार्फत तोकिएको प्रक्रिया पूरागरी आवश्यक इजाजत लिएर मात्रै जडीबुटी तथा गैरकाष्ठ वन पैदावार सङ्कलन गर्न आग्रह गरिएको छ ।

सम्बन्धित निकायका अनुसार इजाजतबिनै जडीबुटी जम्मा गर्दा वन पैदावारको अनियन्त्रित दोहन हुनुका साथै राजस्वसमेत गुम्ने जोखिम हुन्छ । त्यसैले सङ्कलन क्षेत्र, परिमाण, प्रजाति र प्रक्रियालाई कार्ययोजनाअनुसार व्यवस्थित गर्न खोजिएको बताउनुभयो ।चङ्खेलीलगायत बहुमूल्य जडीबुटी पाइने भएकाले स्थानीयको आयआर्जनसँग जोडिएको यस क्षेत्रलाई दिगो र व्यवस्थित बनाउन आवश्यक रहेको त्यहाँका स्थानीयको भनाइ छ । रासस




भर्खरै