१ आश्विन २०८३, बिहीबार
,
Latest
रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहतका कमिटीलाई निर्देशन जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?: सांसद बराल भोटेकोशी बाढी : संसदीय विशेष समिति गठनमा जुटेन सहमति अपमान र घृणामाथि उभिएको कांग्रेसको महलमा बस्न सक्दिनँ: डा. शेखर कोइराला भ्रष्टाचार नियन्त्रणमा अख्तियारले संवैधानिक दायित्व प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–साउदी स्वास्थ्य सहकार्य विस्तारमा जोड, भोटेकोशी बाढीप्रति साउदीको ऐक्यबद्धता



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मनिखरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

आज भएको भेटमा नेपाल–साउदी अरबबीचको सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा सम्भावित सहयोगका विषयमा छलफल भएको छ।

भेटका क्रममा राजदूत मनिखरले भोटेकोशी बाढीबाट नेपालमा भएको क्षतिप्रति साउदी अरब सरकारको ऐक्यबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले विपद्बाट प्रभावित नेपाललाई आवश्यक सहयोगका क्षेत्रलाई उच्च प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।

मन्त्री मेहताले नेपाल र साउदी अरबबीच रहँदै आएको सुमधुर सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। यस वर्ष नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको उल्लेख गर्दै उहाँले स्वर्ण जयन्तीलाई थप अर्थपूर्ण बनाउँदै जनस्तरसम्म सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो।

भेटमा स्वास्थ्य क्षेत्रसहित दुई देशबीच आपसी हित र सहकार्यका सम्भावित क्षेत्रलाई थप विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो।




भर्खरै