१ आश्विन २०८३, बिहीबार
,
Latest
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा समावेशीता छुटेको छैनः कानूनमन्त्री गौतम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग नेपाल–साउदी स्वास्थ्य सहकार्य विस्तारमा जोड, भोटेकोशी बाढीप्रति साउदीको ऐक्यबद्धता बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा भोटेकोसी बाढी: संसदीय विशेष समिति गठन गर्ने विषयमा प्रारम्भिक छलफल जारी राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार जलवायु कुटनीतिलाई संस्थागत गर्न परराष्ट्र मन्त्रालयको भुमिका पुनर्विचार गर्नुपर्छः मन्त्री खनाल त्रिभुवन विमानस्थलमा विदेशी मुद्रा विनिमय सेवाका लागि बोलपत्र आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा



अ+ अ-

काठमाडौँ। सडक डिभिजन काठमाडौंले सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी तत्काल उपलब्ध गराउन सकिने गरी ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

एक कार्यक्रमका बीच डिभिजनले काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरुलाई एपबारे ब्रिफिङ गराएको हो ।

एपमार्फत सडकमा भएका खाल्डाखुल्डी, सडक क्षति, पानी जम्ने समस्या, ट्राफिक सुरक्षा तथा सडक निर्माणसँग सम्बन्धित समस्या फोटोसहित रिपोर्ट गर्न व्यवस्था रहेको डिभिजन प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिनुभयो ।

उहाँले उक्त एपको बिहीवार औपचारिक रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको समेत बताउनु भयो । उहाँकाअनुसार समस्या रिपोर्ट गरिसकेपछि समस्या देखिएको स्थान एपले जीआईएस म्यापिङमार्फत पहिचान गर्नेछ ।

प्रयोगकर्ताले आवश्यक परे ठेगाना खोजेर स्थानसमेत निर्धारण गर्न सक्ने उहाँले बताउनु भयो । देवकोटाले समस्या दर्ता गर्दा फोटो, समस्याको प्रकार, गम्भीरताको स्तर र नजिकको चिनारी स्थान राख्नुपर्ने बताउनु भयो ।

उहाँले काठमाडौं उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन कार्यालय यसअघि नै ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ परिचालन गरेको गरिसकेको समेत जानकारी दिनुभयो ।

उहाँले सडकलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले कार्यालयले मर्मत अभियानलाई तिब्रता दिएको दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले नयाँ एप्स ‘सडक सुझाव’ भनेर लन्च गरेका छौं । यसमा  भन्दाखेरि ड्यामेज रोड, वाटर लन्चको एरिया छ भनेपनि अहिले गर्न सकिन्छ । ट्राफिक सेफ्टी अरु कुराहरु पनि यसमा रिपोर्ट गर्न सकिन्छ ।  यो एप प्ले स्टोरमा उपलब्ध छ । यसमा सडकमा खाल्डाखुल्डी, सडक क्षति, पानी जम्ने वा सडक निर्माण सम्बन्धी कुनै समस्या देख्नुभएको छ ? वा समस्या देखेर गुनासो मात्र होइन । अब समाधान पनि त्यहीँ एपमार्फत जुट्न सकिन्छ । सबैभन्दा पहिले प्ले स्टोर वा एप स्टोरमा गई सडक सुझाव एप डाउनलोड गर्ने, एप खोल्नुहोस् र होम स्क्रिनमा रहेको ‘रिपोर्ट अ प्रब्लम’मा क्लिक गरी समस्याको फोटो अपलोड गर्न सकिन्छ । फोटो खिचेको स्थान एपले स्वतः पहिचान गर्दछ । आवश्यक परे ठेगाना खोजी गरी स्थानसमेत निर्धारण गर्न सक्छ । त्यसपछि समस्याको प्रकार छनोट गरी समस्याको गम्भीरताको स्तर छनोट गर्ने काम गर्नुपर्यो । सबै विवरण जाँच गरी समिट गर्न सकिन्छ । यति गरेपछि तपाईंको रिपोर्ट सफलतापूर्वक दर्ता हुन्छ र एउटा रिफरेन्स नम्बर प्राप्त हुन्छ । दर्ता गरिएको रिपोर्टको अवस्था पनि एपमार्फत हेर्न सकिन्छ । प्राप्त रिपोर्टहरूलाई समस्याको आवश्यकता, गम्भीरता र प्राथमिकताका आधारमा मूल्याङ्कन गरी गरीआवश्यकताअनुसार समाधान तथा व्यवस्थापनको प्रक्रिया अघि बढाइनेछ ।  सडक डिभिजन काठमाण्डौ जनताको सेवा र कल्याणका लागि २४ सै घण्टा प्रतिबद्ध छ ।’

उहाँले विस्तारै यो प्रणालीसँग भक्तपुर र ललितपुरलाई समेत जोडिने बताउनु भयो । –न्युज एजेन्सी नेपाल