३१ भाद्र २०८३, बुधबार
,
Latest
कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने काँग्रेसको आग्रहः विपद्को समयमा सरकार अहङ्कारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड देओस् विपद् व्यवस्थापनमा सरकारी निकायबीच निरन्तर समन्वय भइरहेको छ : लामिछाने सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने सत्तारुढ दलका सांसदले प्रधानमन्त्रीलाई सोधे–योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो… जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई तत्काल न्याय दिन सरकारसँग सांसद खतिवडाको माग राप्रपा वागमती प्रदेशका सांसदहरुको अध्यक्ष लिङदेनलाई चुनौती– ‘विक्री भएको प्रमाण २४ घण्टाभित्र पेश गर्नुस्’ शिक्षा समितिले भोटेकोशी बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टर अनुगमन गर्ने बाढीपहिरोको उद्धार र पुनर्निर्माण अनुगमन गर्न एक हप्ताभित्र संसदीय विशेष समिति गठन हुने विपद्का विषयमा प्रधानमन्त्रीले दल र विज्ञसँग संवाद गरी राष्ट्रिय धारणा बनाउनुपर्छ : माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङको अर्बाउदीका घरघरमा शुद्ध खानेपानीका धारा



अ+ अ-

काठमाडौँ । खानेपानीको चरम अभाव रहेको बागलुङको अर्बाउदी गाउँका ३६ घरमा अहिले शुद्ध खानेपानी पुर्याइएको छ । बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेस्थित अर्बाउदीका ३६ घरमा रु ६८ लाखभन्दा बढीको लागत घरघरमा खानेपानीको धारा जडान गरिएको नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

गोर्खा वेल्फेयर ट्रष्टको रु ५८ लाख ५० हजार र स्थानीय उपभोक्ताको रु नौ लाख ७६ हजार गरी रु ६८ लाख २६ हजारको लागतमा ‘एक घर, एक धारा’ कार्यक्रममार्फत खानेपानी आयोजना निर्माण गरिएको हो ।

जिल्लाकै पहिलो घरबास गाउँका रूपमा परिचित त्यस गाउँमा खानेपानीको समस्या समाधान भएपछि स्थानीयवासी खुसी छन् । आयोजनाको मर्मतसम्भार कोषमा नगरपालिकाले रु दुई लाख र स्थानीय उपभोक्ताले रु ८३ हजार जम्मा गरेको उपप्रमुख खड्काले बताउनुभयो ।

गोर्खा वेल्फेयर ट्रष्टका प्रतिनिधि लीला पुन शेरचनले पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रमणीय गाउँमा लामो समयदेखिको खानेपानी समस्या अब समाधान भएको बताउनुभयो । उपभोक्ता चन्द्रमती थापाले घरमै धारा आएपछि दैनिक जीवन सहज भएको बताउनुभयो ।

उहाँले हिउँद र वर्षा दुवै समयमा शुद्ध खानेपानीको व्यवस्था भएकाले धाराको पानी सिधैँ पिउन सकिने बताउनुभयो । आयोजनाअन्तर्गत तीनवटा इन्टेक, एक कलेक्सन च्याम्बर, एक डेलिभरी ट्याङ्की, एक पम्प हाउस, एक रिजर्भ ट्याङ्की, चार जडसन च्याम्बर र पाँचवटा तारबार निर्माण गरिएको छ ।

आयोजनामा दुई हजार ५८५ मिटर पाइप लाइन बिछ्याइएको उपभोक्ता तथा सरसफाइ समितिले जनाएको छ । पानीगैरा, गग्रेगरा र लोसे मूलको पानीलाई एकीकृत गरी आयोजना निर्माण गर्न गत वर्ष गोर्खा वेल्फेयर ट्रष्टसँग सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजना सम्पन्न भएपछि घरघरमा धारा पुगेको उपभोक्ता समितिका अध्यक्ष सचिन थापाले जानकारी दिनुभयो ।




भर्खरै