३० भाद्र २०८३, मंगलवार
,
Latest
संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज रवि लामिछाने आब्हानमा बुधबार सर्वदलीय बैठक बस्दैं ‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने कोशी प्रदेश सरकारको निर्णय दुर्घटनामा दुई जनाको मृत्यु कृष्णभीरमा तत्काल सडक खुलाउने प्रयास, दीर्घकालीन समाधान भने चुनौतीपूर्ण: माटोविज्ञ इन्जिनियर न्यौपाने शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता आइजीपी कार्कीविरुद्ध सासंद सुनारले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमला नदीमा सतर्कता तह पार, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह



अ+ अ-

काठमाडौं । सिन्धुलीको रानीबासस्थित कमला नदीको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाले भाद्र ३० गते साँझ ५ः२० बजे सूचना जारी गर्दै सिन्धुलीबाट कमला नदीको तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने स्थानमा रहेका नागरिकलाई बिहानसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।

जलसतह बढ्दो क्रममा रहेकाले नदी आसपासका बासिन्दालाई अनावश्यक रूपमा नदी तथा खोलानालातर्फ नजान र सम्भावित जोखिमप्रति सचेत रहन महाशाखाले अनुरोध गरेको छ।