३० भाद्र २०८३, मंगलवार
,
Latest
चाडपर्वमा अत्यावश्यक सामान ढुवानीम सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव रसुवा जोड्न नुवाकोटको फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज बनाइने आइतबारको बिदा हटाएर शनिबार मात्रै बिदा दिन राप्रपा सांसद भाटको माग क्यासिनो व्यवसायीको सुझाव–‘एउटै होटलमा एकभन्दा बढी क्यासिनो खोल्न हुन्न, नविकरण अवधि पाँच वर्ष बनाउनु पर्छ’ भोटेकोशी बाढीमा बेपत्ता शिक्षकको रिक्त पदमा श्रीमतीलाई नियुक्त गर्न माग पेस्तोल देखाएर रेडकर्नर नोटिस जारी गर्न लगाएको आरोपबारे कांग्रेसले माग्यो सरकारसँग जवाफ पहिचान भइसकेका शव तत्काल परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग संक्रामक पशुरोग नियन्त्रण विधेयक संशोधनसहित सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न आग्रह ‘दैवी प्रकोप’ शब्द हटाएर ‘विपद् राहत कोष’ बनाउन रास्वपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोसी बाढीपछि सुरुङमा बेपत्ताको खोजीबारे संसदलाई जानकारी दिन माग



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले रसुवाको भोटेकोसी बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यको प्रगतिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद मल्लले जलविद्युत आयोजनाका सुरुङमध्ये कति वटामा खोज तथा उद्धार कार्य सम्पन्न भएको र कति वटामा अझै जारी रहेको भन्नेबारे सरकारले संसदलाई स्पष्ट जानकारी दिनुपर्ने बताउनुभयो।

उहाँले २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–ए जलविद्युत आयोजनाको सुरुङमा बेपत्ताको खोजी कार्यको पछिल्लो अवस्थाबारे पनि सरकारसँग जवाफ माग गर्नुभयो।

सांसद मल्लले मृतक तथा बेपत्ता व्यक्तिको पहिचानका लागि भइरहेको डीएनए परीक्षण तत्काल सम्पन्न गरी त्यसको औपचारिक जानकारी पीडित परिवार तथा आम नागरिकलाई दिन आग्रह गर्नुभयो। धेरै पीडित परिवार आफन्तको अन्तिम संस्कारका लागि डीएनए रिपोर्टको पर्खाइमा रहेको उहाँले बताउनुभयो।

मृतक तथा बेपत्ता सुरक्षाकर्मीका लागि प्रहरी संगठनले राहत घोषणा गरेजस्तै बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकका परिवारका लागि पनि सरकारले तत्काल राहत प्याकेज घोषणा गर्नुपर्ने उहाँको माग थियो।

मल्लले भन्नुभयो, “जलविद्युत आयोजनाका सुरुङमध्ये कति वटामा खोज तथा उद्धार कार्य सम्पन्न भयो र कति वटामा जारी छ ? माथिल्लो त्रिशूली–ए (२१६ मेगावाट) को खोजी कार्यको पछिल्लो अवस्था के छ ? धेरै जना पीडित आफन्तको अन्तिम संस्कार गर्न डीएनए रिपोर्टको पर्खाइमा हुनुहुन्छ। परीक्षण कहिले सकिन्छ र आम नागरिकले त्यसको औपचारिक जानकारी कहिले पाउँछन् ?”

उहाँले भोटेकोसी बाढीबाट प्रभावित होल्डिङ सेन्टरमा रहेका बालबालिकाको नियमित पठनपाठन तत्काल सुरु गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। साथै बालबालिकाकेन्द्रित मनोपरामर्श तथा किशोरी सुरक्षाका कार्यक्रम तत्काल सञ्चालन गर्न उहाँले माग गर्नुभयो।




भर्खरै