३० भाद्र २०८३, मंगलवार
,
Latest
चाडपर्वमा अत्यावश्यक सामान ढुवानीम सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव रसुवा जोड्न नुवाकोटको फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज बनाइने आइतबारको बिदा हटाएर शनिबार मात्रै बिदा दिन राप्रपा सांसद भाटको माग क्यासिनो व्यवसायीको सुझाव–‘एउटै होटलमा एकभन्दा बढी क्यासिनो खोल्न हुन्न, नविकरण अवधि पाँच वर्ष बनाउनु पर्छ’ भोटेकोशी बाढीमा बेपत्ता शिक्षकको रिक्त पदमा श्रीमतीलाई नियुक्त गर्न माग पेस्तोल देखाएर रेडकर्नर नोटिस जारी गर्न लगाएको आरोपबारे कांग्रेसले माग्यो सरकारसँग जवाफ पहिचान भइसकेका शव तत्काल परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग संक्रामक पशुरोग नियन्त्रण विधेयक संशोधनसहित सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न आग्रह ‘दैवी प्रकोप’ शब्द हटाएर ‘विपद् राहत कोष’ बनाउन रास्वपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

खर्क व्यवस्थापन गरी ऊन, दूध र मासु उत्पादन बढाउनुपर्छ : सभापति चौधरी



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले नेपालका खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित गर्दै ऊन, दूध र मासुजन्य उत्पादन बढाएर आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।

‘नेपाल र भुटानका खर्क तथा चरन क्षेत्रको पुनर्स्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण’ सम्बन्धी बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै सभापति चौधरीले खर्क तथा चरन क्षेत्र पशुपालन र हिमाली समुदायको जीविकोपार्जनको आधारसँगै देशको उत्पादन र अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण स्रोत भएको बताउनुभयो ।

उहाँले खर्क क्षेत्रको उत्पादनशीलता बढाउन सके ऊन, दूध तथा मासुजन्य पदार्थको उत्पादनमा उल्लेख्य वृद्धि गर्न सकिने बताउनुभयो । यसबाट आयात प्रतिस्थापनसँगै निर्यात प्रवद्र्धनको सम्भावना समेत रहेको उहाँको भनाइ थियो ।

सभापति चौधरीले खर्क तथा चरन क्षेत्रको योगदान पशुपालनमा मात्र सीमित नरहेको उल्लेख गर्दै जैविक विविधता संरक्षण, जलाधार संरक्षण, वातावरणीय सन्तुलन र जलवायु उत्थानशीलताका लागि समेत यसको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

तर पछिल्लो समय जलवायु परिवर्तन, भूक्षयीकरण, कमजोर व्यवस्थापन, श्रम अभाव र संस्थागत समन्वयको कमीका कारण खर्क तथा चरन क्षेत्रले विभिन्न चुनौती सामना गरिरहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले राष्ट्रिय खर्क नीति संशोधनका लागि अध्ययन प्रारम्भ गरेको जानकारी दिँदै सभापति चौधरीले नीति निर्माणका क्रममा भुटानको अनुभव, नेपालका स्थानीय अभ्यास, वैज्ञानिक प्रमाण तथा सरोकारवालाका सुझावलाई आधार बनाइने बताउनुभयो ।

उहाँले खर्क क्षेत्रको दिगो व्यवस्थापनले हिमाली तथा ग्रामीण समुदायको जीविकोपार्जन सुधार गर्नुका साथै वातावरण संरक्षणमा समेत योगदान पुर्‍याउने बताउनुभयो ।

नेपाल र भुटानका खर्क तथा चरन क्षेत्रको पुनर्स्थापना कार्यक्रमबाट प्राप्त अनुभव आदानप्रदानका लागि आयोजित छलफलबाट नेपालको खर्क नीति संशोधनका लागि आवश्यक सुझाव संकलन हुने अपेक्षा गरिएको छ ।




भर्खरै