५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास निर्माणको काममा ढिलासुस्ती हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी: शहरी विकास मन्त्री झाँक्री (भिडियो)



अ+ अ-

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास निर्माणको काममा ढिलासुस्ती हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री झाक्रीले विकास निर्माणको काम समयमा सम्पन्न हुन नसक्नु र गुणस्तरीय काम हुन नसक्नुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताउनुभएको हो ।

विकास निर्माणको काम समयमै सम्पन्न गर्नका लागि योजना छनौट, स्रोतको सुनिश्चितता तथा निर्माण व्यवसायीको प्रभावकारीता र जवाफदेहिता अनिवार्य शर्त भएको उहाँले बताउनुभयो । निर्माण व्यवसायीले गरेको कामको नियमन गर्नु सरकारको सम्बन्धित निकायको जिम्मेवारी भएको भन्दै मन्त्री झाक्रीले कानूनमा भएका विभिन्न छिद्रहरुका कारण सरकारी संयन्त्रले प्रभावकारी काम गर्न नसकेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले खासगरी कुनैपनि आयोजनाका सन्दर्भमा समयमा सम्पन्न नहुने, ति आयोजनाहरु अलपत्र हुने, त्यसले दायित्व सिर्जना गर्ने, चालु रहेका छन् भनेपनि त्यसले टाइम र कष्टको ओभरल्याप हुने जस्ता विषयहरुलाई हामीले संवेदनशील ढंगले नै हेरेका छौँ । यसो गर्दै गर्दा केही कुराहरु सम्बोधन भएका छन् । तर केही कुराहरु अझैपनि ऐनमै संशोधन हुन आवश्यक भएको कारणले निर्माण व्यवसायको क्षेत्रमा हुने पुननिर्माण अथवा पुर्वाधारको विकास क्षेत्रमा हुने कामलाई ढिलो नहुनाकालागि हामीले गर्नुपर्ने थुप्रै कामहरु छन् ।

खासगरी नेपाल सरकारको साइडबाट योजना छनौटको कुरा, त्यसपछि नेपाल सरकारकै क्षेत्रबाट गरिने आयोजनालाई प्रभावकारी ढंगले सञ्चालन गर्न गरिने कामहरु, त्यसपछि त्यसको स्रोतको सुनिश्चितताका कुरा, निर्माण व्यवसायीहरुको प्रभावकारी र गुणस्तरीय काम र त्यसमाथिको नियमन यि कुराहरु अनिवार्य शर्त हुन् । तर हामीले अहिलेसम्म एक पक्षलाई मात्रै दोषारोपण गर्ने गरेका छौँ । मुलत्ः निर्माण व्यवसायीको प्रभावकारीता, जवाफदेहिता र त्यसमा गुणस्तरहिन कामको कुरा चाहीँ सर्वत्र आलोचनाको विषय छ । यसमा के गर्ने भन्ने कुरा नियमन गर्ने कुरा चाहीँ तत् तत् आयोजना सञ्चालन गर्ने नेपाल सरकारका युनिटहरुकै जिम्मेवारी हो ।

त्यसो गर्दैगर्दा हाम्रो कयौँ कानूनका यस्ता छिद्रहरु र त्यसलाई प्रभावकारी कार्यान्वयन नगर्ने, हाम्रा पनि संयन्त्रहरु प्रभावकारी नभएको कुरा साँचो हो । योजना छनौटदेखिका थुप्रै मिस्टेकहरु हामीसँग छन्, त्यसको सफर चाहीँ निर्माण व्यवसायी मात्रै होइन अन्तिममा लाभग्राही नेपाली जनता हुने हो र त्यसको प्रभावकारी लाभ लिने नेपाली जनता र त्यसको गुणस्तरीय जिवनको लाभ लिने नेपालका सबै नागरिकको त्यो अधिकारबाट हामीले पटक–पटक वञ्चित गरेका छौँ । त्यसकारण यस्ता विषयहरुमा छलफल गर्नुपर्छ भन्ने नै लाग्छ ।’मन्त्री झाक्रीले कुनैपनि आयोजना समयमा सम्पन्न नभई अलपत्र भएको विषयमा सरकारले संवेदनशील रुपमा हेरेको बताउनुभयो । आयोजनाको काम समयमा सम्पन्न गर्न निर्माण व्यवसायी प्रतिवद्ध हुनुपर्ने उहाँले बताउनुभयो ।