३१ भाद्र २०८३, बुधबार
,
Latest
सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ? नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव



अ+ अ-

काठमाडौं । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ ।

गणेश चतुर्थीको अवसरमा आज धनुषाको औरही गाउँपालिका–१ परनदेहियामा गणेश मन्दिरको उद्घाटन गर्नुहुँदै सभामुख यादवले धर्म, संस्कृतिले एक सामाजिक सद्भाव, सहिष्णुता र एकता प्रवद्र्धन गर्ने भएकाले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण हुनुपर्ने बताउनुभयो ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मठमन्दिर र पर्यटकीय स्थलको संरक्षण, संवद्र्धन तथा विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुहुँदै सभामुख यादवले धार्मिक स्थललाई व्यवस्थित गर्दै पर्यटनसँग जोड्न सके स्थानीयस्तरमा आर्थिक गतिविधिसमेत बढाउन सकिन्छ भन्नुभयो ।

मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त मन्दिरको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवीलगायतको उपस्थिति थियो ।




भर्खरै