२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिलिमे जलविद्युत् गृहमा फसेका कर्मचारीको उद्धारमा थप आशा, करिब १०० मिटर सुरुङ बाँकी



अ+ अ-

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् कम्पनीका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृहमा फसेका कर्मचारीको उद्धारमा थप आशा पलाएको बताएका छन्।

घिसिङले सामाजिक सञ्जालमार्फत आफू उद्धार कार्यमा सहभागी हुँदै विद्युत्गृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय तथा सहजीकरण गरिरहेको जानकारी दिएका छन्।

उनका अनुसार विद्युत्गृह जाने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदो, बालुवा र ढुंगा हटाउने काम तीव्र गतिमा भइरहेको छ। उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको उनले बताएका छन्।

सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्रबाट आवाज पठाउँदा त्यसको प्रतिध्वनि सुनिएको र त्यहाँबाट चिसो हावा समेत आइरहेको घिसिङको भनाइ छ। यसले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशालाई बल पुगेको उनले उल्लेख गरेका छन्।

घिसिङका अनुसार अब विद्युत्गृह पुग्न करिब १०० मिटर मात्र बाँकी छ। उद्धार कार्यमा प्रत्येक मिटरको प्रगति र प्राप्त हुने प्रत्येक संकेतले नयाँ आशा जगाएको उनले बताएका छन्।
त्यस्तै, स्याफ्रुवेसीतर्फबाट स्काभेटरमार्फत सुरुङसम्म पुग्ने बाटो निर्माणको काम पनि तीव्र रूपमा भइरहेको छ। आजसम्ममा सुरुङसम्म स्काभेटर पुग्ने सम्भावना रहेको र स्काभेटर तथा लोडर पुगेपछि उद्धार कार्यमा थप तीव्रता आउने घिसिङले बताएका छन्।

उद्धार कार्य सफल हुने विश्वास व्यक्त गर्दै उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन, चिलिमे जलविद्युत् कम्पनीका कर्मचारी तथा प्रत्यक्ष–परोक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

उनले सुरुङभित्र रहेका सबै व्यक्तिलाई सकुशल उद्धार गर्न सकियोस् भन्दै उद्धारमा खटिएका सबैको अथक प्रयास सफल हुने विश्वाससमेत व्यक्त गरेका छन्।