१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पत्रकारको परीक्षा लिने कानुन बनाउन राष्ट्रिय सभाका १६ सांसदको माग

पत्रकारको परीक्षा लिने कानुन बनाउन राष्ट्रिय सभाका १६ सांसदको माग
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका १६ सदस्यले पत्रकार बन्नका लागि ‘पत्रकारिता व्यवसायी परीक्षा’ पास गर्नुपर्ने प्रस्ताव राखेका छन् । जो कोही पत्रकार हुने प्रचलनलाई कुण्ठीत गर्दै उनीहरुले पत्रकार बन्नका लागि परीक्षा पास गर्नुपर्ने भन्दै नेकपाका १६ जना राष्ट्रियसभा सदस्यले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।

नेकपाका ठगेन्द्र प्रकाश पुरी मूल संशोधनकर्ता रहेको संशोधनमा अन्य १४ सांसदको समर्थन छ। सांसदहरु शेरबहादुर कुँवर, रामलखन चमार, उदयाशर्मा पौडेल, सिंहबहादुर विश्वकर्मा, खिमकुमार विश्वकर्मा, नन्दा चपाईं, युटोल तमाङ, हरिचरण शिवाकोटी, मिना बुढा, दिलकुमारी रावल, चक्र स्नेही, जीवन बुढा, भैरवसुन्दर श्रेष्ठ र कमलाकुमारी ओलीले परीक्षा प्रणालीको समर्थन गरेका छन्।

त्यस्तै राष्ट्रपतिबाट मनोनित सांसद विमला राई पौड्यालले पनि प्रेस काउन्सिलले पत्रकारको परीक्षा लिने व्यवस्था राख्न संशोधन दर्ता गराएकी छन्।

उक्त प्रस्तव पत्रमा परिक्षका लागि पाठ्यक्रम काउन्सिललेनै तयार गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । यो परीक्षा मिडिया काउन्सिल अन्तर्गतको परीक्षा समितिले लिनेगरी वर्षमा दुई पटक पत्रकारिता पेशामा प्रवेश गर्नेका लागि परीक्षा सञ्चालन गर्नेगरी संशोधन गरिनु पर्ने उल्लेख छ । साथै पत्रकार बन्ने व्यक्तिले मौखिक र लिखित दुवै परीक्षा दिनुपर्ने उक्त प्रस्तावमा उल्लेख छ ।

त्यस्तैगरी पत्रकारिता गर्न कुनैपनि पत्रकारले पत्रकारिता विषयमा स्नातक गरेको हुनुपर्ने वा अन्य कुनै विषयमा स्नातक गरेको भए तीन वर्ष काम गरेको हुनुपर्ने वा निरन्तर सञ्चार प्रतिनिधि भई पाँच वर्ष काम गरेको हुनुपर्नेछ ।

त्यसपछि उनीहरुले पत्रकारिता व्यवसायी परीक्षा उतीर्ण हुनुपर्ने र नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको हुन नहुने प्रावधान विधेयकमाथिको संशोधन प्रस्तावमा उल्लेख छ ।