१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

मुस्ताङमा ‘र्याफ्टिङ’ परीक्षण

मुस्ताङमा ‘र्याफ्टिङ’ परीक्षण
अ अ+ अ-

मुस्ताङ । मुस्ताङको दामोदरकुण्ड ल्योघेकर गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा र्याफ्टिङ (जलयात्रा) सञ्चालनको लागि परीक्षण गरिएको छ । गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टको पहलमा चराङदेखि घिलिङ सम्मको कालीगण्डकी नदीमा जलयात्राको परीक्षण गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० र आन्तरिक भ्रमण वर्ष २०१९/२२ लाई लक्षित गरेर कालीगण्डकीमा जलयात्राको सम्भाव्यता अध्ययन गर्न परीक्षण गरिएको सांसद विष्टले बताए।

चराङदेखि बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुस्ताङ गेट भन्ने ठाउँसम्म जलयात्रा सञ्चालन गर्ने योजना छ । परीक्षणकारुपमा हालै तीनवटा डुङ्गामा २६ जना सहभागी भएर जलयात्रा गरिएको थियो । प्रदेशका योजना तथा आर्थिक मामिलामन्त्री किरण गुरुङ पनि जलयात्रामा सहभागी भएका थिए । करीब १६ किलोमिटर दूरीमा जलयात्रा गरिएको थियो ।

मध्य भागमा पर्ने घिलिङको खोचमा साघुरो भएकाले जोखिम भएपछि अन्य ठाउँमा जलयात्राको सम्भावना देखिएको सहभागी प्राविधिकले बताएका छन् । मुस्ताङमा पहिलो पटक जलयात्रा गरिएको हो । जलयात्राको परीक्षणका लागि पर्यटन बोर्ड र उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालयले सहयोग गरेका थिए ।