१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौशालास्थित भण्डारखालको जङ्गलमा दुई शव फेला



अ+ अ-

काठमाडौं । आज बिहान काठमाडौं महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा दुई जनाको शव फेला परेको छ ।

खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतले जानकारी दिए ।

घटनास्थलको प्रकृति मुचुल्का उठाई दुवै शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको उनले जानकारी दिए । खोटाङ बस्दै आएकी दमाइँ काठमाडौं आएको कारण भने खुलेको छैन । उनी काठमाडौंमा दिदी–भिनाजु कहाँ बसेको पाइएको प्रहरीले जनाएको छ ।