२३ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग



अ+ अ-

नुवाकोट । भोटेकोशी-त्रिशुली बाढीले सबै पुल बगाएपछि नुवाकोट र रसुवाका त्रिशुली वारि र पारिको सम्बन्ध विच्छेद भएको छ । यस अघि शिरखाली नयाँ पुल, देवीघाटको झोलुङ्गे पुल, बुहुनीबेशीको मध्यपहाडी लोकमार्गको पुल, देवीघाट जलविद्युत् आयोजनाको पुल र गौरीबेशीको पुल त्रिशुलीले बगाएसँगै त्यस क्षेत्रका स्थानिय मर्कामा छन् ।

देवीघाट र त्रिशुली गुम्बामा तुइन बनाइएपनि आवागमन अत्यन्तै कष्टकर बनेको छ । यस्तोमा नुवाकोटको अधिकांश भेगका लागि पायक पर्ने स्थानमा अस्थायी पुल र झोलुङ्गे पुल निर्माणका लागि स्थानियले माग गरेका छन् । नुवाकोटको देवीघाट क्षेत्रलाई केन्द्र बनाएर त्रिशुली नदीमा अस्थायी पुल राख्न सके तारकेश्वर गाउँपालिका, विदुर नगरपालिकाका ३,६, १२ वडा र किस्पाङ तथा मेघाङ जोड्न सकिने छ ।

यस्तै धादिङको खनियाँबास र रुबी भ्यालीसम्मका स्थानियले लाभ पाउने छन् । त्रिशुली नदि पारिको सबै सडक संरचना तन्दुरुस्त रहेकाले देवीघाटमा अस्थायी पुल निर्माण उपयुक्त हुने स्थानिय सागर रिमाल बताउँछन् । विदुर-३ का वडाअध्यक्ष बद्री रिमालले पनि शिरखालीमा बगाएको नयाँ पुल भएकै स्थानमा पुल राख्न सकिनेबारे छलफल भइरहेको जानकारी दिनुभयो ।

त्यहाँको अवस्था अध्ययन गरेर त्यसभन्दा माथि देवीघाट बजार आसपास वा मध्यपहाडी लोकमार्गको बुहुनीबेशीसम्मको कुनै एक स्थानमा पुल राख्दा जिल्लाको उत्तर दक्षिणी क्षेत्रका नागरिकले राहत पाउने उहाँको भनाइ छ । त्यस्तै देवीघाट जलविद्युत् आयोजनाको पुरानो पुल भएको स्थानमा पनि पुल राख्न सकिने स्थानीय प्रकाश अर्याल बताउँछन् । गौरिबेशीको पुल बगाएको स्थानमा पनि पुल राख्न सकिने देखिएको छ ।

मध्यपहाडी लोकमार्गको बुहुनीबेशीमा रहेको पुलको एउटा खम्बा नदिको बिचमा देखिएको छ । त्यहाँ अस्थायी पुल राख्न सकिनेबारे अध्ययन भइरहेको छ । त्रिशुली बजारमा पनि एउटा अस्थायी पुल र झोलुङ्गे पुल राख्नेबारे अध्ययन भइरहेको छ ।
शिरखाली,कुमलटार, चैनपुर, बुहुनीबेशी, मुलथला, गौरिबेशी, पोखरीथोक, भट्टगाउँ, खड्गभञ्ज्याङ,भमरा, दाङसिङ्, गोरस्याङ, कार्तिकै,कालिमाटी, दर्शनटार लगायतका स्थानिय अहिले त्रिशुली नदिमा पुल नहुँदा चरम समस्यामा परेका छन् । देवीघाटको तुइन तर्न दैनिक सयौं सर्वसाधारणको लाइन लाग्ने गरेको छ । यस्तोमा अस्थायी समाधानका लागि तत्काल राज्यले विकल्प दिनुपर्ने स्थानियको भनाइ छ ।

देवीघाट बजारदेखि देवीघाट जलविद्युत् आयोजनाको विद्युत् गृह सिंचाई आसपासको क्षेत्रसम्म एउटा अस्थायी पुल र दिर्घकालिन रणनीतिक योजना ल्याउन स्थानियले सरकारसँग माग गरेका हुन् । त्रिशुली पारिका अधिकांश गाउँमा किसानले दुग्ध उत्पादनका लागि पशु पालन गरेका छन् । यस्तै कुखुरा र खसी बाख्रा पालन गरेका किसानलाई अहिले पशु पैक्षी पालनमा समस्या परेको छ । दाना र आहार तथा उपचारका लागि तत्काल अस्थायी पुल निर्माणमा राज्यका तीनै तहका सरकारले ध्यान दिनुपर्ने उनीहरुको माग छ ।

पारि सडक सञ्जाल भएपनि त्रिशुली पारि जाने उपाय नहँदा स्थानियका उपज बारीमै कुहीने र पशु चौपायलाई खुवाउने वस्तुको चरम अभाव भएको छ । घाँस काट्ने बारी र खेत बगाएपछि किसानलाई ति चौपायालई के खुवाउने भन्ने चिन्ता थपिएको छ । सरकारले तत्काल त्रिशुली पार गर्ने अस्थायी व्यवस्थापन गर्न नसके त्यस क्षेत्रका किसान थप समस्यामा पर्ने देखिन्छ ।

तस्बिर : शंकर भुजेल/ नेपाल फाेटाे सर्भिस