१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपीलाई हटाउन देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आयो– प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले आफ्नो पार्टीको नभई अन्य पार्टीका प्रमुखलाई प्रधानमन्त्री बनाउनुपर्ने विचित्रको अवस्था आएको बताउनुभएको छ ।

पार्टीको कर्णाली प्रदेश समितिको प्रशिक्षमा शुक्रबार अध्यक्ष प्रचण्डले ‘केपी प्रवृत्ति’ विरुद्ध लड्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिनुस् भन्ने अवस्था आएको बताउनुभयो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा नेपाली कांग्रेसले भन्दा बढी सिट आफ्नो पार्टीले जितेको भए पनि देउवाकहाँ गएर आफू र माधव नेपालले ‘तपाइँ प्रधानमन्त्री बनिदिनुस, आवश्यक बहुमत सङ्ख्या हामी पुर्याउँछौँ’ भन्नुपर्ने अवस्था आएको बताउनुभयो । केपी प्रवृत्तिविरुद्ध लड्नका लागि आफ्नो पार्टीले त्यस्तो विचित्रको अवस्था गर्नुपरेको उहाँको भनाइ थियो ।