२२ भाद्र २०८३, सोमबार
,
Latest
जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता पर्साबाट फरार प्रतिवादी पक्राउ रसुवा बाढीः एक हजार ३५५ को मृत्यु धनुषामा २२५ पोका रगत सङ्कलन बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म १९ जनालाई पक्राउ गरेको छ ।

कपिलवस्तुका सीमा नाकाबाट पैदल हिँडेर तथा शरीरमा लागू औषध बाँधेर लैजाने क्रममा लागुऔषधसहित उक्त व्यक्ति पक्राउ परेका हुन् । चालु आर्थिक वर्ष २०८३÷८४ को साउनदेखि भदौ २१ गतेसम्म लागुऔषधसम्बन्धी ११ मुद्दा दर्ता गरी १९ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा १३ जना पुरुष र छ जना महिला नेपाली नागरिक छन् । सो अवधिमा प्रहरीले गाँजा, चरेस, हेरोइन, अफिम र नाइट्राभेट बरामद गरेको छ । प्रहरीले उक्त अवधिमा गाँजा १३० ग्राम, चरेस पाँच किलो २२५ ग्राम, हेरोइन तीन ग्राम १५० मि.ग्राम र अफिम १० किलो ३६४ ग्राम बरामद गरेको छ ।

नाइट्राभेट १० थानसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रीपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो ।

उहाँले लागुऔषध कारोबारमा संलग्नलाई कानुन बमोजिम कारबाही गरिएको बताउनुभयो । पछिल्लो समय सीमा क्षेत्रमा निगरानी थप कडा पारिएको छ ।