२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटा जग्गा प्रकरण: बयानका लागि अख्तियारले थप ५८ जनालाई बोलायो



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा थप ५८ जनालाई बयानका लागि बोलाएको छ ।

अख्तियारमा उपस्थित हुन जारी गरिएको सूचनामा कामना गुरुङ, कल्पना तुलाधर, शर्मिला शाक्य, प्रगति कंशकार, मनोज कुमार केडियालगायत ५८ जनाको नाम छ । कामना पूर्वसेनापति छत्रमान सिंह गुरुङको छोरी तथा व्यवसायी मीनबहादुर गुरुङको बुहारी हुन् । त्यस्तै, अन्य व्यापारी तथा व्यवसायीको नाम पनि बयानका लागि बोलाइएकाहरूको सूचीमा छ ।जारी सूचनामा ७ दिनभित्र उपस्थित आग्रह गरिउको छ ।

बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी जग्गा दुरुपयोगमा राजनीतिक दलका नेतादेखि उद्यमी तथा व्यापारीहरू जोडिएका छन् । यसबारे केही समयदेखि अख्तियारले छानबिन गरिरहेको छ ।