६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका विदेशमन्त्री वाङ यी दुई दिने नेपाल भ्रमण आउँदै



अ+ अ-

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आउने भएका छन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विदेशमन्त्री वाङ इस्लामावादमा हुने पाकिस्तान–अफगानिस्तान–चीन त्रिपक्षीय बैठकमा सहभागी भएर आइतबार साँझ काठमाडौं आउने तय भएको छ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आउन लागेका वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ। त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवालीसँग द्विपक्षीय वार्ता गर्नेछन्।

चिनियाँ राष्ट्रपति सि जिन पिङले अक्टोबर ११ बाट भारतको पाँच दिने भ्रमण सुरु गर्दैछन्। यसका लागि काठमाडौंमा सुरक्षा तयारी थालिएको छ। यसअघि सुरक्षा अवस्थाबारे बुझ्न चिनियाँ सुरक्षा निकायको टोली हालै काठमाडौं आएर फर्किसकेको छ।