१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

मन्त्री भट्टराईले आफुलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि…

मन्त्री भट्टराईले आफुलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि…
अ अ+ अ-

चितवन । आज बिहान करिब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रिए । सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका थिए । जब जहाज रोकियो मन्त्री भट्टराई र नेता सिटौलासँगै झरे ।

उनीहरु गफिदै अघि बढ्दै गर्दा स्वागत गर्न जिल्लाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत पुगे । बहालवालामन्त्री भएकाले बस्नेतले आफ्नो हातको खादा मन्त्री भट्टराईतर्फ जब लगे मन्त्री भट्टराईले रोक्दै सिटौला तर्फ देखाउँदै भने, ‘पहिला दाइलाई ।’ उनको भनाईसँगै बस्नेतलेसँगै रहेका सिटौलालाई त्यही खादा पहिले ओडाइदिए अनि मन्त्री भट्टराईलाई अर्को खादा ओडाइदिए ।

यो सबै हेरिरहेका नेता कार्यकर्ता स्तब्ध देखिए । दुई खादा र फूल बोकेका धेरैले पहिले सिटौला र पछि मन्त्रीलाई खादा र फूलले स्वागत गरे । जिल्ला तहमा आरोप र प्रत्यारोपमा उत्रने स्थानीय नेता कार्यकर्तालाई सकारात्मक सन्देश दिँदै सम्मानको भावसँगै मन्त्री भट्टराई बाहिरिए ।

चितवन क्षेत्र नं– २ का सङ्घीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनका सचिव कृष्णभक्त पोख्रेलले पनि पहिले सिटौलालाई खादाले स्वागत गरे । उनले भने, ‘मन्त्रीले अत्यन्तै सकारात्मक सन्देश प्रवाह गर्नुभएको छ ।’ पोख्रेलले थपे, ‘लोकतन्त्र र गणतन्त्र यही पार्टी मिलेर ल्याएका हौं, अब हामी समृद्धिका लागि पनि मिल्नुपर्छ भन्ने सन्देश यसले दिन्छ ।’ युवाहरुले यो खालको संस्कार देखाउनुपर्ने पोख्रेलले बताए ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले विपक्षी दलका नेतालाई जुन सम्मान मन्त्री भट्टराईले दिए यसले मुख्य दल मिल्नुपर्छ भन्ने सन्देश प्रवाह भएको विचार राखे । उनीहरुको स्वागतमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का जिल्ला इन्चार्ज कृष्ण खनाल, जिल्ला सचिव कृष्णभक्त पोख्रेल, काङ्ग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य विजय सुवेदी, घनश्याम दाहाललगायतका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

मन्त्री भट्टराई भरतपुर विमानस्थल विस्तार सम्बन्धी छलफल कार्यक्रममा र सिटौला पार्टीको समायोजन सम्बन्धी कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् । केही दिनअघि मन्त्री भट्टराईले मन्त्रालयका योजनाका विषयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवालाई भेट गरी जानकारी गराएका थिए ।