२१ भाद्र २०८३, आईतवार
,
Latest
सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर प्रयोग गरी कृत्रिम बुद्धिमत्ता एआईमार्फत निर्मित भ्रामक तथा अपमानजनक सामग्री सामाजिक सञ्जालमा फैलाइएको भन्दै एमालेले आपत्ति जनाएको छ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले आज बिहानैदेखि सामाजिक सञ्जालमा ओलीको तस्बिर प्रयोग गरी एआईबाट निर्मित भ्रामक, अनर्गल र अपमानजनक पोस्टरहरू सम्प्रेषण भइरहेको भन्दै आपत्ति जनाएका हुन्।

डिजिटल प्रविधिको दुरुपयोग गरी पार्टी नेतृत्वको चरित्र हत्या गर्ने नियतका साथ यस्ता अराजनीतिक, अनैतिक तथा आपत्तिजनक गतिविधि गरिएको भन्दै आचार्यले त्यसको घोर निन्दा एवं भर्त्सना गरेका छन्।

आचार्यले यस्ता अराजक तथा घृणास्पद गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनीसमेत दिएका छन् ।

साथै, प्रचलित विद्युतीय कारोबारसम्बन्धी कानुनविपरीत साइबर अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरो तथा सम्बन्धित निकायको आचार्यले ध्यानाकर्षण गराएका छन्।