२१ भाद्र २०८३, आईतवार
,
Latest
तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले मनास्लु पदमार्ग अवरुद्ध



अ+ अ-

काठमाडौं । बाढीका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ ।

आज बिहान मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीका कारण पदमार्ग अवरुद्ध भएको हो । बाढीले दुई पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि मनास्लु पदमार्ग र लार्केपास यात्रामा रोक लगाएको उहाँले जानकारी दिनुभयो । “यात्राको तयारी अवस्थामा वा यात्रामा रहनुभएकाहरुले अर्को सूचना प्रकाशित नहुँदासम्म यात्रा नगर्न नगराउनु हुन अनुरोध छ,” जिल्ला प्रशासनद्वारा जारी सूचनामा भनिएको छ ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत आयोजना बगाएको छ । बाढीका कारण हालसम्म कुनै मानवीय क्षती भने नभएको सहायक प्रजिअ शर्माले बताउनुभयो । बाढीले पुल बगाएपछि स्थानीयसहित पर्यटक प्रभावित बनेका नाम्रुङका स्थानीय लाक्पा डुन्डुपले बताउनुभयो ।

“बाढी पहिरोले हामीलाई सङ्कटमा पा¥यो । गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि बगायो । कतै जान पनि नमिल्ने भयो,” उहाँले भन्नुभयो । दुईवटा लघुजलविद्युत् आयोजना बगाएर लगेपछि बत्ती, सञ्चार सेवा तथा विद्युतबाट चल्ने सबै सेवाबाट प्रभावित बनेका छन् । यस वर्षको शरदऋतु (असोज, कात्तिक) मा २९ टोलीका तीनसय ४८ आरोहीले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागबाट अहिलेसम्म कूल ३२ टोलीका तीन सय ६७ आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९ टोलीका तीनसय ४८ आरोही रहेको विभागले जनाएको छ ।

पुल बगाएपछि भर्खर सुरु हुँदै गरेको मनास्लुको पर्यटक आवागमन प्रभावित हुने भएको छ । लार्केपासका लागि गएका सयौँ पर्यटक बूढीगण्डकीको पुल नहुँदा अलपत्र परेका छन् ।