१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय नम्बर प्लेटको जीपले ठक्करबाट दम्पत्तिको मृत्यु



अ+ अ-

बुटवल । बुटवल–भैरहवा सडक खण्डको अञ्चलपुरमा भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं ३ लालपुरका अन्दाजी ५८ वर्षका प्रेमजित थारु र उनकी श्रीमती ५६ वर्षकी बासमति थारु रहेका छन् ।

भैरहवाबाट बुटवलतर्फ आउंदै गरेको लु २४ प २८३५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको यूपी १४ सीबी ००११ नम्बरको जीपले ठक्कर दिँदा थारु दम्पत्तिको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिएर भागेको जीप र चालकलाई मंगलापुर प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।